close

कहाँ हरायो फेसबुकको डेटिङ एप ?

टेकपाना टेकपाना

जेठ १०, २०७९ १६:३०

कहाँ हरायो फेसबुकको डेटिङ एप ?

काठमाडौं । मेटा (फेसबुक) काे डेटिङ एप आधिकारिक रूपमा सुरुवात नै नभई अन्त्य भएको छ । सन् २०१८ मा तत्कालीन फेसबुक इंकले आफ्नो छुट्टै डेटिङ एप सार्वजनिक गर्ने घोषणा गरेको थियो ।

प्रयोगकर्ताका लागि यो उत्साहित घोषणा थियो र फेसबुकको यो डेटिङ एपले चर्चित डेटिङ एप टिन्डरलाई चुनौती दिने अनुमान सबैको थियो । फेसबुकको अल्गोरिदम यसरी तयार पारिएको छ कि कुनै प्रयोगकर्ताले आफ्नो विषयमा आफैंले भन्दा बढी उसको फेसबुक अकाउन्टलाई याद हुन्छ ।

यस्तोमा फेसुबकले प्रयोगकर्ताको प्रेम सम्बन्धका लागि चालेको त्यो कदमलाई सबैले सकारात्मक रुपमा स्वागत गरेका थिए । तर उक्त घोषणाको आज चार वर्ष वितिसक्दा पनि धेरै प्रयोगकर्तालाई मेटाको डेटिङ एपको विषयमा कुनै जानकारी नै छैन । यो गुमनाम भएर बसेको छ ।

अन्ततः अपेक्षा अनुरुप फेसबुकको डेटिङ एपले बजार पाउन सकेन । एप घोषणा हुँदा जति प्रयोगकर्ता उत्साहित थिए सार्वजनिक भइसकेपछि यो एपले खासै प्रयोगकर्ता पाउन सकेन । यसको कारण हो एपको फिचर र डिजाइन ।

अन्य एपमा जस्तै यसमा पनि प्रयोगकर्ताले आफूलाई सुहाउँदो मान्छेलाई आफ्नो लिस्टमा एड गर्ने हो । यद्यपि म्यासेज गर्नेदेखि लिएर अन्य फिचरहरू पनि एउटै भएको कारण पनि प्रयोगकर्ताका लागि यो आकर्षित हुन नसकेको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२