close

सामुदायिक विद्यालय र अस्पताललाई इन्टरनेट शुल्कमा ५० प्रतिशत छुट 

टेकपाना टेकपाना

जेठ १०, २०७९ १७:४५

सामुदायिक विद्यालय र अस्पताललाई इन्टरनेट शुल्कमा ५० प्रतिशत छुट 

काठमाडौं । सरकारले सामुदायिक विद्यालय र सामुदायिक अस्पताललाई इन्टरनेट शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी देशभरका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा यस अघि नै इन्टरनेट जडानको काम सम्पन्न भइसकेको छ ।

तिनै सामुदायिक विद्यालय र अस्पतालहरूलाई इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत छूट दिने नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२