close

गुणस्तरीय शिक्षाका लागि सातै प्रदेशमा कम्तीमा १०० विद्यालयमा सूचना प्रविधिको प्रयोग गरिने

टेकपाना टेकपाना

जेठ १०, २०७९ १७:५८

गुणस्तरीय शिक्षाका लागि सातै प्रदेशमा कम्तीमा १०० विद्यालयमा सूचना प्रविधिको प्रयोग गरिने

काठमाडौं । सरकारले सातै प्रदेशमा कम्तीमा १०० विद्यालयमा गुणस्तरीय शिक्षा दिन सूचना प्रविधिको प्रयोग गर्ने भएको छ ।

मङ्गलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी दिएकी हुन् ।

‘आगामी वर्ष सातै प्रदेशका कम्तीमा १०० माध्यामिक तहका विद्यालयमा छानिएका विषयमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरिनेछ,’ उनले वक्तव्यमा भनिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२