close

गुगल अर्थमा गाडी चलाउँदै विश्वका हरेक कुनामा पुग्न सकिने 

टेकपाना टेकपाना

जेठ ११, २०७९ १९:१

गुगल अर्थमा गाडी चलाउँदै विश्वका हरेक कुनामा पुग्न सकिने 

काठमाडौँ । जापानी सफ्टवेयर डेभलपर कत्सुवमी कोबायसीले गुगल अर्थबाट खिचिएको स्याटलाइट डेटालाई प्रयोग गरेर ड्राइभिङ सिम्युलेटर’ गेम बनाएका छन् ।

गुगल अर्थ यस्तो एप हो, जसमा तपाईंहरुले इन्टरनेटको मद्दतले विश्वको हरेक ठाँउ हेर्न सक्नुहुनेछ । यो गेमले पनि त्यही गुगल अर्थको डेटाको प्रयोग गर्छ, जसमा तपाईंले बस वा कार छनौट गरेर विभिन्न ठाउँ घुम्न सक्नुहुन्छ, चाहे त्यो पेरिस होस् वा आर्कटिक सर्कल ।

यसमा गुगल अर्थमा भएका सबै ठाउँमा पुग्न सकिन्छ । तपाईंले आफ्नै घरमा बसेर नेपालसँगै विश्वका हरेक कुनामा पुग्न सक्नुहुनेछ ।

यसमा टिल्ट डाउन (जसको प्रयोग स्क्रिनमा देखिने सामग्रीलाई तलबाट हेर्न गरिन्छ), टिल्ट अप (जसको प्रयोग स्क्रिनमा देखिने सामग्रीलाई अलि माथिबाट हेर्न गरिन्छ), नर्थ अप (जसको प्रयोग स्क्रिनमा देखिने सामग्रीलाई साइडबाट हेर्न गरिन्छ) र हेड अप (जसको प्रयोग स्क्रिनमा देखिने सामग्रीलाई पछाडिबाट हेर्न गरिन्छ) अप्सन पनि दिइएकाले तपाईंले अलग-अलग कोणबाट स्याटलाइट इमेजलाई हेर्न सक्नुहुनेछ ।

यदि तपाईं यो गेमलाई आफ्नो कम्प्युटरमा खेल्न चाहनुहुन्छ भने तपाईंले किबोर्डको एरो की प्रयोग गर्न सक्नुहुनेछ । मोबाइलमा भने तपाईंले जोइस्टिक प्रयोग गरेर गाडीलाई नियन्त्रण गर्न सक्नुहुनेछ ।

यो गेम खेल्न यहाँ क्लिक गर्नुहोस् र नयाँ साइट खुलेपछि स्टार्टमा थिच्नुहोस् । 

याे पनि पढ्नुहाेस्

गुगल अर्थमा यसरी हेर्नुहोस् ३७ वर्षदेखि काठमाडौंमा आएको परिवर्तन

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२