close

अब एप स्टोरमा उपलब्ध एपमा अकाउण्ट डिलिटको विकल्प अनिवार्य

टेकपाना टेकपाना

जेठ १२, २०७९ १३:४८

अब एप स्टोरमा उपलब्ध एपमा अकाउण्ट डिलिटको विकल्प अनिवार्य

काठमाडौं । नीतिगत व्यवस्थाका हिसाबले एप्पल सँधै कडारूपमा प्रस्तुत हुँदै आएको छ । अझ एप स्टोरमा कम्पनीले धेरै नियम लागू गराउँदै आएको छ । विशेष गरि प्रयोगकर्ताको गोपनीयता र डेटा सुरक्षाको विषयमा कम्पनी निकै सक्रिय छ । भने, नियम पालना नगर्नेको हकमा पनि कम्पनी कडा रुपमा प्रस्तुत हुने गरेका छ ।

यसअघि एप स्टोरको नीति उल्लंघन गरेको भन्दै विश्वको चर्चित गेम मेकर कम्पनी ‘एपिक गेम्स’ लाई अकाउण्टमा प्रोडक्ट राख्नबाटै वञ्चित गरेको थियो । यसरी कडा रुपमा प्रस्तुत हुँदै आएको कम्पनीले पूनः नयाँ नीति लागू गर्ने भएको छ । जसले डेभलपरलाई उनीहरूले बनाएको एपमा अनिवार्य रुपमा अकाउण्ड डिलिट गर्ने विकल्प उपलब्ध गराउनु पर्ने भएको छ ।

यो नियम आउँदो जुन ३० तारिखबाट लागू हुँदैछ । यो नियम लागू भएसँगै कुनै पनि एपमा प्रयोगकर्ताले बनाएको अकाउण्ट प्रयोगकर्ताले चाहेको खण्डमा डिलेट गर्ने विकल्प दिनुपर्ने हुन्छ । यस्तोमा कम्पनीले यो नियमबाट सुरक्षित रहनका लागि जुन ३० सम्मको समय रहेको जानकारी डेभलपरलाई दिइसकेको छ ।

कम्पनीका अनुसार जुन एपले अकाउण्ट बनाउनु पर्ने व्यवस्था गरेको छन उक्त एपले अकाउण्ट डिलिट गर्ने विकल्प समेत प्रयोगकर्तालाई उपलब्ध हुनुपर्छ । यसले प्रयोगकर्ताको डेटा कुनै सर्भरमा बस्ने र कम्पनीले त्यसलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने कुनै विकल्प हुँदैन । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२