काठमाडौं । सरकारी डेटा तथा तथ्याङ्कलाई व्यवस्थित गर्ने उदेश्यले अघि बढाइएको क्लाउड परियोजनमा दुई सय ९५ सरकारी निकाय जोडिएका छन् । शनिबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार हालसम्म दूई सय ९५ सरकारी निकाय र उक्त निकायका सूचना प्रविधि प्रणाली सरकारी क्लाउडमा जोडिएको उल्लेख छ ।
सरकारले साझा पूर्वाधारमार्फत सरकारी निकायहरुलाई कम लागतमा सर्भर, मेमोरी, स्टोरेज र नेटवर्क उपलब्ध गराउँदै आएको छ । यसका साथै उक्त सूचना प्रणाली सञ्चालनका लागि स्रोत समेत उपलब्ध गराउँदै आएको छ ।