close

अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने वडाको सङ्ख्या ६ हजार नाघ्यो 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १६:७

अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने वडाको सङ्ख्या ६ हजार नाघ्यो 

काठमाडौं । अनलाइन सूचना प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता गर्ने विभिन्न स्थानीय तहका वडाहरूको सङ्ख्या ६ हजार ८९ पुगेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले शनिबार साँझ सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणले यस विषयमा जानकारी दिएको हो ।

हालसम्म ती वडाबाट १८ लाख ३८ हजार ८४९ ओटा जन्म दर्ता, तीन लाख ९४ हजार ४५ ओटा बसाइँसराइ दर्ता, सात लाख ३८ हजार २६६ विवाह दर्ता, २४ हजार ५६८ सम्बन्धविच्छेद र चार लाख ७० हजार मृत्यु दर्ताका घटना अनलाइनबाट भएका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४