close

हिमाली पदमार्गमा सञ्चार सेवा उपलब्ध गराउने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०७९ १७:११

हिमाली पदमार्गमा सञ्चार सेवा उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं । सरकारले हिमालको आधार शिविरसम्म जाने पदमार्गमा सञ्चार सेवा उपलब्ध गराउने भएको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।

उनले आरोहणका लागि खुला गरिएका हिमालहरुको आधार शिविरसम्म जाने पदमार्गको स्तरोन्नति गर्नुका साथै पदमार्गमा सञ्चार सुविधाको पहुँच विस्तार गरिने जनाइएको बताएका हुन् ।

यसले पद यात्राको क्रममा हुने सक्ने जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४