टेकपाना
जेठ १५, २०७९ १७:३४
काठमाडौं । सरकारले प्रत्येक घर परिवारलाई अनुदानमा एउटा विद्युतीय चुलो उपलब्ध गराउने भएको छ ।
आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा दिइनेछ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४