काठमाडौं । सरकारले पूर्णरुपमा डिजिटलमा आधारित बैंक स्थापना गर्ने भएको छ ।
आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले डिजिटल बैंकको परिकल्पनाबारे जानकारी दिएका हुन् ।
उनले गाउँ-गाउँमा डिजिटल बैंकिङ सेवालाई विस्तार गर्न आवश्यक साक्षरताको काम अघि बढाउने समेत बताएका छन् ।
साथै भुक्तानी सेवालाई सुरक्षित बनाउँदै डिजिटल कारोबारमा सुरक्षाको प्रत्याभूत गरिने मन्त्री शर्माले उल्लेख गरेका छन् ।
सामाजिक सुरक्षा भत्ताका साथै अन्य सरकारी राजश्वका सम्पूर्ण कारोबार अनिवार्य रुपमा बैंकिङ प्रणालीबाटै हुनुपर्ने समेत उनले बताएका छन् ।