close

कोहलपुर र खुमलटारमा डेटा सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु हुने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १८:३२

कोहलपुर र खुमलटारमा डेटा सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु हुने

काठमाडौं । सरकारले बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा निर्माण हुने डेटा सेन्टरको भौतिक निर्माणको कार्य सुरु गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रम मार्फत सरकारले यसका लागि आवश्यक बजेट विनियोजन गरेको हो ।

आइतबार सङ्घीय संसद्‌मा बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले धरानमा डेटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर निर्माणको सम्भाव्यता अध्ययन गरिने समेत बताए ।

‘यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रको क्षमता विकासका साथै डिजास्टर रिकभरी सेन्टरको निर्माण गरिनेछ,’ उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४