close

नेपाली बजारमा निउ ब्राण्डका दुई नयाँ इलेक्ट्रिक स्कुटर, कसको मूल्य कति ?

टेकपाना टेकपाना

जेठ १६, २०७९ १०:२२

नेपाली बजारमा निउ ब्राण्डका दुई नयाँ इलेक्ट्रिक स्कुटर, कसको मूल्य कति ?

काठमाडौं । विद्युतीय स्कुटर गोभा जी-थ्री र गोभा जी-फाइभ बिक्री गर्दै आएको निउ ब्रान्डले विद्युतीय स्कुटरको नयाँ मोडल बिक्री सुरु गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता इको इन्फिनिटी प्राइभेट लिमिटेडले निउ ब्रान्डका दुई विद्युतीय स्कुटर एमक्यूआई जीटी (MQi GT) र यूक्यूआईजीटी (UQi GT) को बिक्री सुरु गरेको हाे ।

कम्पनीले यी दुई स्कुटर नयाँ वर्ष २०७९ को अवसर पारी सार्वजनिक गरेको थियो । १२०० वाट क्षमताको मोटर जडान गरिएको मोडल यूक्यूआईजीटी स्कुटरमा ४८ भोल्ट ३१ एम्पिएरको लिथियम आयन ब्याट्री राखिएको छ ।

एमक्यूआई जीटीमा ३००० वाट क्षमताको मोटरसहित ४८ भोल्टको ब्याट्री जडान भएको छ । दुईवटा ब्याट्री प्याकका साथ आउने यो स्कुटरले एकपटक पूर्णरुपमा चार्ज गर्दा अधिकतम ९० देखि १३० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यो विद्युतीय स्कुटर पूर्णरुपमा चार्ज हुन चार घण्टा लाग्छ ।

त्यस्तै, यूक्यूआई जीटीमा ब्याट्रीलाई फुल चार्ज गर्न सात घण्टा लाग्छ । एक पटकको फुल चार्जमा ७० देखि ८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

४५ किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्ने यूक्यूआई जीटीको मूल्य नेपाली बजारमा दुई लाख ४५ हजार रुपैयाँ रहेको छ भने ८० किलोमिटर प्रतिघण्टाको स्पिडमा गुड्ने एमक्यूआई जीटीको मूल्य चार लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

यी स्कुटरमा एलसीडी ड्यासबोर्ड, एन्टी थेफ्ट सिस्टम, अगाडि र पछाडि डिस्क ब्रेक लगायतका फिचर उपलब्ध छन्  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४