close

रूसमा पूर्णरूपमा बन्द भयो नेटफ्लिक्स

टेकपाना टेकपाना

जेठ १६, २०७९ १८:२१

रूसमा पूर्णरूपमा बन्द भयो नेटफ्लिक्स

काठमाडौं । युक्रेन र रुसबीच जारी द्वन्द्वलाई लिएर नेटफ्लिक्सले रुसमा आफ्नो सेवा पूर्ण रुपमा बन्द गरेको छ । रुसमा गएको शुक्रबारदेखि प्रयोगकर्ताले वेब पेज तथा एप दुवैबाट पहुँच गुमाएका छन् ।

कम्पनीले समेत रुसमा आफ्नो सेवा पूर्णरुपमा बन्द भएको जानकारी दिएको छ । ‘गएको मार्चमा रुसबाट बाहिरिने कम्पनीको निर्णय अनुसार शुक्रबारदेखि सेवा बन्द भएको हो,’ कम्पनीका प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका छन् ।

यसअघि रुसले युक्रेनमा सेना पठाएसँगै अमेरिकी कम्पनीले युक्रेनबाट आफ्नो सेवा हटाउने निर्णय गरेको थियो । त्यसैका आधारमा बिलिङ सिस्टमको साइकल पुरा गरेर शुक्रबारबाट सेवा पूर्ण रुपमा बन्द गरेको हो ।

नेटफ्लिक्स २२१.८ मिलियन सब्स्क्राइबरका साथ विश्वकै धेरै प्रयोगकर्ता भएको स्ट्रिमिङ प्लेटफर्म हो । तर, रुस नेटफ्लिक्स त्यति प्रभावकारी छैन । त्यो हिसाबले पनि कम्पनीलाई रुसबाट बाहिरिनका लागि सहज भएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४