काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको भिरिन्ची कलेजले आईटी विद्यार्थीका लागि ओरियन्टेसन (अभिमुखीकरण) कार्यक्रम आयोजना गरेको छ ।
ब्याचलर अफ इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी (बीआईसीटी) को पहिलो सत्रमा अध्ययनरत विद्यार्थीलाई समेटेर यो कार्यक्रम गरिएको हो ।
विद्यार्थीलाई बीआईसीटी पाठ्यक्रमको जानकारी दिने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । सँगै यस कार्यक्रमले विद्यार्थीको वृत्तिविकासमा समेत सहयोग पुर्याउने अपेक्षा कलेजले लिएको छ ।
कार्यक्रममा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न विषय समावेश भएको कलेजको भनाइ छ ।
साथै प्रशिक्षकको उपस्थितिमा विद्यार्थीलाई व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप समेत गराइएको कलेजले जनाएको छ ।
कार्यक्रममा रोबोटिक्स अशाेसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङले विद्यार्थीलाई आईसीटी क्षेत्रको आवश्यकता तथा यसका आयामको विषयमा जानकारी दिएका थिए ।