close

गेमिङमा अंग्रेजी शब्दको प्रयोग हटाउँदै फ्रान्स 

टेकपाना टेकपाना

जेठ १८, २०७९ १०:४६

गेमिङमा अंग्रेजी शब्दको प्रयोग हटाउँदै फ्रान्स 

काठमाडौं । फ्रान्सले आफ्नो भाषा प्रवर्द्धन गर्ने क्रममा गेमिङ क्षेत्रबाट अंग्रेजी शब्द हटाउने भएको छ ।

अब फ्रान्सेलीहरूले अनलाइन गेममा ई-स्पोर्टस, स्ट्रिमिङ लगायतका अंग्रेजी शब्दहरू प्रयोग गर्न नपाउने नियम आधिकारिक रुपमा नै लागू गर्ने तयारी भइरहेको छ ।

फ्रान्सको अन्य व्यावसायिक क्षेत्रहरूमा अंग्रेजी शब्दहरूको व्यापक प्रयोग भएपनि फ्रान्सेली सरकारले गेमिङ क्षेत्रबाट अंग्रेजी शब्दहरू स्ट्रिमर, क्लाउड गेमिङ लगायतका अंग्रेजी गेमिङ शब्द प्रयोगमा औपचारिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको एएफपीको रिपाेर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार अंग्रेजी गेमिङ शब्दहरूको ठाउँमा फ्रान्सेली शब्दहरूको नै प्रयोग गरिनेछ । फ्रान्सको संस्कृति मन्त्रालयले देशको भाषा संरक्षण गर्न गेमिङ क्षेत्रबाट नै भाषा संरक्षण सुरु गर्ने सुझाव दिएको थियो ।

गेम नखेल्ने व्यक्तिहरूका लागि अंग्रेजी शब्द बुझ्न समस्या हुने कारण देखाउँदै मन्त्रालयले फ्रान्सेली भाषाको प्रयोगलाई प्रोत्साहन गरिएको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४