close

एप्पल सफारीका प्रयोगकर्ता १ अर्ब नाघे

टेकपाना टेकपाना

जेठ १८, २०७९ १२:७

एप्पल सफारीका प्रयोगकर्ता १ अर्ब नाघे

काठमाडौं । एप्पलको वेब ब्राउजर सफारीका प्रयोगकर्ता एक अर्ब नाघेका छन् । यद्यपि ब्राउजरकाे लोकप्रियतामा सफारी अझै पनि गुगलभन्दा पछाडि नै छ । यसको अर्थ सबैभन्दा धेरै प्रयोगकर्ता हुने वेब ब्राउजरमा गुगल पहिलो नम्बरमा छ भने सफारी दोस्रो नम्बरमा छ ।

एट्लास भीपीएनले गरेको एक अध्ययन अनुसार सफारीका सक्रिय प्रयोगकर्ता एक अर्ब ६२ लाख ३२ हजार ८७९ पुगेको छ । यो संख्या कूल इन्टरनेट प्रयोगकर्ता संख्याको १९.१६ प्रतिशत हो ।

एप्पल डिभाइसमा डिफल्ट रुपमै सफारी ब्राउजर उपलब्ध हुँदै आएको छ । विगत केही वर्षमा एप्पलले प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई लिएर सफारीमा गरेको सुधारका कारण पनि प्रयोगकर्ता बढेको जनाइएको छ ।

यता पहिलो नम्बरमा रहेको गुगल क्रोमका सक्रिय प्रयोगकर्ता करिब तीन अर्ब ३८ करोड छन् । त्यस्तै २१ करोड २७ लाख प्रयोगकर्तासहित माइक्रोसफ्टको एज ब्राउजर तेस्रो स्थानमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३