काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले सहकारी र लघुवित्त संस्थाहरूमा पनि पोस मसिन विस्तार गर्ने भएको छ ।
ग्रामीण क्षेत्रका प्रयोगकर्तालाई लक्षित गरी सुरु गर्न लागिएको ग्रीन पिन सहितको पोस मसिनको सेवालाई बैंकमा मात्र सीमित नगरी सहकारी तथा लघुवित्त संस्थामा पनि विस्तार गर्ने योजना रहेको नेप्सका सीईओ सञ्जीव सुब्बाले जानकारी दिए ।
‘ग्रीन पिन सहितको पोस मसिन सेवामा पिन थिचेको भरमा भुक्तानी कारोबार सम्पन्न गर्न सकिने छ ,’ उनले भने, ‘यही सेवालाई बैंकमा मात्र सीमित नगरी सहकारी र लघुवित्तसम्म पहुँच पुर्याउने योजनासहित काम गरिरहका छौं ।’
यसबाट ग्रामीण क्षेत्रमा पनि भुक्तानी प्रणाली सहज हुने उनको विश्वास छ ।