काठमाडौं । पछिल्लाे समय गुगल मेसेजकाे प्रयाेग बढ्दाे छ । एसएमएस (शर्ट मेसेज सिस्टम) र आरसीएस (रिच कम्युनिकेसन सर्भिस) फिचर भएको याे मेसेजिङ एपमा फोन नम्बर प्रयोग हुने भएकाले थर्ड पार्टीबाट नचाहिने विज्ञापन बढी आउनसक्छन् ।
गुगलले स्पाम प्रोटेक्सन अर्थात् अनावश्यक वा हानिकारक मेसेजबाट सुरक्षा दिने फिचर ल्याएपनि त्यति प्रभावकारी भएकाे छैन । आज हामी गुगलको मेसेजिङ एपमा मेसेजका रूपमा आउने स्पाम मेसेज कसरी ब्लक गर्न सकिन्छ भन्ने कुराको जानकारी दिन्छौं ।
यसरी ब्लक गर्नुहोस् अनावश्यक विज्ञापन र स्पाम
गुगलको मेसेजकाे नाेटिफिकेसनमा स्पाम वा विज्ञापन देखिरहनु भएको छ भने गुगलको स्पाम प्रोटेक्सन फिचरले पहिचान गर्न सकेन भन्ने बुझ्नुपर्छ । तपाईंले त्यस्ता मेसेजहरू आफैंले ब्लक गर्नुपर्छ ।
गुगल मेसेजमा त्यस्ता अनावश्यक मेसेज ब्लक गर्नका लागि निम्नानुसारका प्रक्रिया अपनाउन सकिन्छ ।
सबैभन्दा पहिले एप खोल्नुहोस् ।
त्यसपछि तपाईंले ब्लक गर्न चाहेको स्पाम मेसेजमा जानुहोस् ।
त्यहाँ गइसकेपछि रिपोर्ट याज स्पाम (Report as Spam) को अगाडि टिक लगाउनुहोस् ।
त्यसपछि तल रहेको ओके (Ok) अप्सनमा ट्याप गर्नुभयाे भने सो स्पाम मेसेज ब्लक हुन्छ ।
त्यसपछि तपाईंले ब्लक गरेको सो नम्बरबाट कहिल्यै मेसेज आउँदैन ।
यसरी ब्लक गर्नुहोस् आरसीएस विज्ञापन र स्पाम
अहिले एसएमएसको सट्टामा आरसीएस (फोटो, भिडिओ वा अडियो) मेसेजहरू पठाउने गरिन्छ । यदि तपाईंले आरसीएससँग सम्बन्धित विज्ञापन धेरै पाइरहनु भएको छ भने तल उल्लेखित प्रक्रिया अपनाई ब्लक गर्न सक्नुहुन्छ ।
सबैभन्दा पहिले एप खोल्नुहोस् ।
त्यसपछि तपाईंको मेसेजमा आउने आरसीएस विज्ञापन खोल्नुहोस् ।