close

क्यालिफोर्नियाका सडकमा अब रोबोटले नै ट्याक्सी हाक्ने, सरकारले दियो अनुमति

टेकपाना टेकपाना

जेठ २०, २०७९ १९:३२

क्यालिफोर्नियाका सडकमा अब रोबोटले नै ट्याक्सी हाक्ने, सरकारले दियो अनुमति

काठमाडौं । क्यालिफोर्नियाको पब्लिक युटिलिटी आयोगले रोबोटिक ट्याक्सी सेवालाई अनुमति दिएको छ । अमेरिकाको क्यालिफोर्निया स्थित सान फ्रान्सिस्को सहरमा चालक रहित ट्याक्सी सञ्चालनका लागि अनुमति दिइएको हो ।

नियामकले चालक रहित गाडीको लागि अनुमति दिएसँगै हाल त्यहाँ दर्जनौं कम्पनीहरूले रोबोटलाई तालिम दिने काम गरिरहेको उल्लेख छ । त्यसमध्ये क्रुज कम्पनीलाई भने अनुमति नै प्रदान गरिसकिएको जनाइएको छ ।

उक्त कम्पनीले आफ्नो ड्राइभरलेस ट्याक्सी सञ्चालनकै लागि अनुमति पाएको उल्लेख छ । यसरी कुनै एउटा मात्रै कम्पनीलाई अनुमति दिएको भन्दै अन्य कम्पनीले भने विरोध गरिरहेका छन् ।

नियामकले नीतिगत व्यवस्था गरे पनि आवश्यक सुरक्षा मापदण्ड तय नै नगरी अनुमति दिइएको उनीहरूको दाबी छ । तर, पनि क्रुजले भने अब यात्रुलाई सेवा दिन थालिएको जनाएको छ । क्रुजले पहिलो चरणमा ३० ओटा रोबोट युक्त ट्याक्सी सञ्चालनमा ल्याउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३