close

सामसङका नयाँ वासिङ मसिन नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

जेठ २२, २०७९ १३:४९

सामसङका नयाँ वासिङ मसिन नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । सामसङले नेपाली बजारमा पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मसिन सार्वजनिक गरेको छ । २०२२ को नयाँ लाइनअपका रुपमा कम्पनीले ८ केजी र ९ केजीसम्म क्षमता भएका चार मोडलका वासिङ मसिन भित्र्याएको हो ।

यी मोडलहरु एआई कन्ट्रोल, इकोबब्बल टेक्नोलोजी र हाइजिन स्टिमजस्ता विशषतायुक्त रहेको कम्पनीको भनाइ छ ।

‘एआई कन्ट्रोलले तपाईंको धुलाई तरिकालाई सम्झन्छ र बुझ्ने गर्छ, साथै मसिन लर्निङ्ग प्रयोग गरेर सबैभन्दा उपयुक्त साइकलहरुको सुझाव दिने गर्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसले लन्ड्री रेसिप, लन्ड्री प्लानिङ्ग, होमकेयर विजार्ड र स्थानमा आधारित सुझावहरु जस्ता स्मार्ट समाधानहरु प्रदान गर्ने गर्दछ ।’

२०२२ का वासिङ मसिनमा सामसङकै स्वामित्व भएको इकोबब्बल प्रविधि प्रयाेग गरिएकाे छ, जसले ४५ प्रतिशत अतिरिक्त फेब्रिक केयर उपलब्ध गर्नुका साथै ऊर्जा बचत गर्ने बताइएकाे छ ।

उच्च गुणस्तरको सफाई र स्वच्छताको सुनिश्चितता दिलाउन सम्पूर्ण नयाँ मोडलहरु हाइजिन स्टिम प्रविधिका साथ उपलब्ध छन्, जुसले गढेको मयल तथा ९९.९ प्रतिशत एलर्जी जीवाणुहरु र हटाउन सक्षम हुने कम्पनीको भनाइ छ ।

‘एआई इकोबब्बल नेपालको पहिलो वासिङ मसिन हो, जसले मल्टिपल अपशनहरु चलाउने आवश्यकता हटाएर प्रयोगको सहजता प्रदान गर्दै प्रयोगकर्ताको व्यवहारलाई बुझेर सबैभन्दा उपयुक्त धुलाई साइकल सिफारिस गर्दछ,’ कम्पनीले भनेकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘यो स्मार्ट इन्टरनेट अफ थिङ्ग्स (आइओटी) सक्षम वासिङ मसिन ग्यालेक्सी स्मार्टफोनहरु, सामसङ स्मार्ट टिभीजस्तै सामसङ स्मार्ट उपकरणहरु साथसाथै भ्वाइस उपकरणहरु एलेक्सा र गुगल होमसँग कनेक्ट गर्न सकिन्छ, जसले गर्दा प्रयोगकर्ताहरुले सिमलेस अनुभव लिन सक्दछन् ।’

सामसङ स्मार्ट थिङ्गस एपसँग जोडेपछि एआई इको बब्बल वासिङ मसिनहरुले २८ लाख डेटा अंकहरुमा आधारित उत्कृष्ट धुलाई अप्सनहरु उपलब्ध गराउँछन् ।

मूल्य, उपलब्धता र वारेन्टी

यी सम्पूर्ण नयाँ वासिङ मसिनहरु नेपालभरका सबै खुद्रा बिक्री साझेदारहरुमा सामसङको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारमार्फत् उपलब्ध हुनेछ ।

यी मसिनहरुको सुरुवाती मूल्य एक लाख १७ हजार ९९० रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताहरुलाई एआई इकोबब्बल वासिङ मसिनहरुमा १ वर्षको वारेन्टी र डीटिआई मोटरमा १० वर्षको वारेन्टी दिइनेछ ।

नयाँ वासिङ मसिन किन्न चाहने उपभोक्ताले सामसङ स्मार्ट प्लाजाहरुबाट शुन्य लागत मासिक किस्ताबन्दीमा पनि सजिलो फाइनान्सिङ विकल्प प्राप्त गर्नसक्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३