close

अब मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने

टेकपाना टेकपाना

जेठ २६, २०७९ ११:१४

अब मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने

काठमाडौं । वैदेशिक रोजगारीका लागि जान चाहने युवाहरूमाझ दक्षिण कोरिया सबैभन्दा रोजाइको गन्तव्य हो । तर, त्यहाँ जानका लागि भाषा परीक्षा उत्रिर्ण हुन आवश्यक छ । अझ याे वर्षदेखि यस्तो परीक्षा सीबीटी (कम्प्युटर बेस टेस्ट/युबिटी) अर्थात कम्प्युटर प्रविधिबाट हुने भएको छ ।

अघिल्लो पटकसम्म पेपरमा आधारित परीक्षालाई यो वर्षबाट कम्प्युटर प्रविधिमा रूपान्तरण गरिएको हो । यस्तोमा परीक्षार्थीको सहजताका लागि टपिकइपीएस नामक वेबसाइट तथा मोबाइल एप सञ्चालनमा आएको छ ।

जसमार्फत  परीक्षार्थीले प्रश्नपत्रको अभ्यास गर्न सक्नेछन् । टपिकइपीएस अन्तर्गत यसवर्ष कृषि समूहको परीक्षा यही महिनाको १९ गतेबाट सुरु भैसकेको छ भने उत्पादन मूलक तर्फको परीक्षा पनि छिट्टै सुरु हुनेछ कम्पनीले जनाएको छ । दक्षिण कोरिया सरकारले तोकेको परीक्षाको मापदण्ड अनुसार यसवर्ष पढ्ने र सुन्ने विधिमा मात्र कम्प्युटर प्रविधिमार्फत परीक्षा हुनेछ ।

परीक्षा हुने विधि अनुसार नै टपिकइपीएस मोबाइल एप र वेबसाइटमा परीक्षार्थीले निःशुल्क रुपमा अभ्यास गर्नसक्ने जनाइएको छ । यदि प्रश्नपत्रको सेटनै आवश्यक हो भने विद्यार्थीले शुल्क बुझाएर खरिद गर्न सक्ने एप्लिकेशनको निर्माता कम्पनी माकुरा क्रियसन्स प्रालिका प्रबन्ध निर्देशक स्वागत भेटुवालले जानकारी दिए ।

उनका अनुसार यस प्रविधि सामान्य प्रयोगकर्ताले मात्र नभई विभिन्न इन्स्टिच्युटहरुले पनि प्रयोग गर्नसक्नेछन् । इन्स्टिच्युटहरुले यस वेबसाइट र मोबाइल एप्लिकेशनमा आफ्नो शाखाको सम्बन्धन लिएर खातामा लगइन गरि विद्यार्थीलाई अभ्यास गराउनसक्ने छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६