close

सन् २०३५ पछि युरोपका सडकमा विद्युतीय गाडीमात्रै गुड्ने

टेकपाना टेकपाना

जेठ २८, २०७९ १६:४८

सन् २०३५ पछि युरोपका सडकमा विद्युतीय गाडीमात्रै गुड्ने

काठमाडौं । हाल युरोपमा गुड्ने १० प्रतिशत कार विद्युतमा आधारित छन् । पछिल्लो समय विश्वबजारमै विद्युतीय गाडीको माग बढिरहेको छ । विभिन्न अध्ययनका अनुसार सन् २०२८ सम्म विद्युतीय गाडीको प्रयोग तीन गुणाले बढ्नेछ ।

विस्तारै पेट्रोल र डिजिटमा आधारित गाडीलाई विद्युतीय गाडीले प्रतिस्थापन गर्ने यी अध्ययनकाे निष्कर्ष छ ।

यस्तोमा फ्रान्समा हालै बसेको युरोपेली संघ (ईयू) को बैठकले ‘युरोपियन कमिसन प्रपोजल’ पास गरेको छ, जसले सन् २०३५ बाट आफ्ना सदस्य मुलुकमा मुलुकमा डिजेल पेट्रोलमा आधारित नयाँ गाडी बिक्री गर्न नपाउने बनाएको छ ।

युरोपेली संघको यो निर्णयसँगै युरोपमा टोयटा सबैभन्दा बढी प्रभावित हुने जनाइएको छ । किनभने संघले हाइब्रिड गाडीको बिक्रीमा समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यस्तोमा जापानी कम्पनीले पछिल्लो केही वर्षमा हाइब्रिड कारमा ठूलो लगानी गरिरहेका छन् । उनीहरुले आफ्नो उत्पादनलाई पूर्ण रुपमा विद्युतीय बनाउनुभन्दा पनि दुवै विकल्प एउटैमा उपलब्ध गराइरहेका छन् ।

यस्तोमा युरोपेली संघको यो निर्णयले जापानी कार निर्माता कम्पनीको लागि ठूलो असर पार्ने जनाएको छ । टोयटा मोटर्सका सीईओले पनि ईयूको यो निर्णयले गाडी निर्माता कम्पनीमा काम गर्ने लाखौंले रोजगार गुमाउने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६