close

डिपफेक गतिविधि कम गर्न नसकेको भन्दै गुगल, फेसबुक र ट्वीटरमाथि कारबाही गर्ने तयारी

टेकपाना टेकपाना

जेठ ३१, २०७९ १८:४१

डिपफेक गतिविधि कम गर्न नसकेको भन्दै गुगल, फेसबुक र ट्वीटरमाथि कारबाही गर्ने तयारी

काठमाडौं । युरोपेली संघ (ईयू) ले ठूला प्रविधि कम्पनीहरूले डिपफेक भिडिओमाथि नियन्त्रण गर्न नसकेको भन्दै कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

गुगल, फेसबुक र ट्वीटरले आफ्नो प्लेटफर्ममा डिपफेक भिडिओ र नक्कली अकाउन्टहरू विरुद्ध कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोपमा ईयूले यी कम्पनीलाई कारबाही गर्ने तयारी गरेको हो ।

भ्रामक सूचनासम्बन्धी संशाेधित नियम लागू गर्दै त्यस अन्तर्गत रहेर उल्लेखित तीन कम्पनीलाई कारबाही गर्ने तयारी भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ ।

सन् २०१८ मा पास भएको नियमलाई संशाेधन गर्दै सोही नियम अन्तर्गत अब डिपफेक र नक्कली अकाउन्टलाई पनि समेटिन लागिएको हो ।

‘डिपफेक’ अर्थात कृत्रिम सामग्रीमा कम्प्युटर प्रोग्राम प्रयाेग गरी वास्तविक मान्छेको हाउभाउसँग शतप्रतिशत मिल्ने गरी चित्रण गर्न सकिन्छ ।

यसरी बनाएको नक्कली भिडिओमा देखिने, बोल्ने व्यक्तिको हाउभाउ, आवाज, अनुहार सो अनुहारसँग मिल्दोजुल्दो वास्तविक व्यक्तिसँग यति दुरुस्तै मिल्छ कि, भिडिओ हेर्ने वा सुन्ने मानिसले वास्तविक मान्छे नै भएको ठान्दछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३