close

‘रिजेक्ट’ नहुनेगरी कसरी खिच्ने पासपोर्ट साइजको फोटो ?

टेकपाना टेकपाना

असार ६, २०७९ ११:४२

‘रिजेक्ट’ नहुनेगरी कसरी खिच्ने पासपोर्ट साइजको फोटो ?

काठमाडौं । पासपोर्ट साइजकाे फोटोको उपयोगिताबारे त तपाईँ जानकार नै हुनुहुन्छ होला । अहिले प्रायः कामहरू अनलाइनबाट हुने भएकाले हामीले पासपोर्ट साइजको फोटो पनि अनलाइनबाटै पठाउन परिरहेको हुन्छ ।

पहिले साइबर वा फोटो स्टुडियोमा गएर फोटो खिचाउँदा त्यति समस्या आउँदैनथ्यो । किनभने उनीहरूले फोटो कुन प्रयोजनका लागि खिचिएको हो भन्ने आधारमा सोही अनुसारको डिजाइन गरिदिने गर्छन् । अहिले पनि धेरैजसो पासपोर्ट साइजको फोटो भौतिक रूपमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

अनलाइनबाट कुनै फर्म भर्नुपर्दा पासपोर्ट साइजकाे फोटो आवश्यकता पर्छ । तर यदि तपाईँको फोटो खिचाइको तरिका मिलेको छैन भने त्यो रिजेक्ट (अस्वीकृत) हुने सम्भावना रहन्छ ।

आज हामी तपाईँलाई पासपोर्ट साइजको फोटो खिच्दा ध्यान दिनुपर्ने कुरा बताउँदै छौँ ।

पासपोर्ट साइज आवश्यक पर्ने ठाउँ प्रायः संवेदनशील नै हुन्छ । यदि फोटोमा केही कुरा मिलेको छैन भने फर्म रिजेक्ट हुने सम्भावना निकै धेरै हुन्छ । त्यसका लागि के के कुरा ध्यान दिनपर्छ भन्ने कुरा तल उल्लेख गरिएको छ ।

  • फोटोमा अगाडिको भाग, पूरा अनुहार, दुवै कान, खुल्ला आँखा, बन्द मुख र अनुहारमा स्वाभाविक भाव हुनुपर्छ ।
  • टाउको पूरा देखिनुपर्छ, महिलाको हकमा कपाल कुमभन्दा अगाडि वा पछाडि सहजताको हिसाबले जहाँ पनि राख्न सकिन्छ ।
  • साधारण पोसाक लगाउनुहोस् ।
  • टाउको सिधा राख्नुहोस् ।
  • फोटोको ब्याकग्राउन्ड (पृष्ठभूमि) साधा वा कुनै प्लेन कलर प्रयोग गर्नुहोस् ।
  • अनुहार र ब्याकग्राउन्डमा कुनै किसिमको छायाँ देखिनुहुँदैन ।
  • दैनिक रूपमा लगाउनेबाहेक अन्य समयमा लगाउने चस्मा, टोपी वा टाउको छोप्ने अन्य कुरा प्रयोग गर्न पाइँदैन ।
  • सामान्य लाइट र कन्ट्रास्ट प्रयोग गर्नुहाेस् ।
  • फोटोको खिचेको अवधि छ महिनाभन्दा बढी हुन हुँदैन ।
  • फोटोको साइज विभिन्न प्रयोजन अनुसार फरक-फरक हुन्छ । त्यसैले केका लागि खिच्न लागिएको भन्ने कुरा ध्यान दिनुपर्छ ।
  • फोटोमा टाउको पूर्ण भाग र काँध देखिने किसिमको हुनुपर्छ ।
  • याद गर्नुहोस् तपाईंले स्क्यान गरेको फोटो वा पहिलेको फोटोलाई पुनः क्यामेराबाट खिचेर प्रयोग गर्नुभएको छ भने फर्म रिजेक्ट हुनसक्छ ।
  • अनलाइनमार्फत बुझाउनुपर्ने फोटोको क्वालिटीले पनि पठाउनमा बाधा सिर्जना गरेको हुन्छ । त्यसैले अनलाइन इमेज कम्प्रेसर प्रयोग गरेर फोटोको क्वालिटी घटाई फर्ममा भने अनुसारको साइजमा मिलाउन सक्नुहुन्छ ।

माथि उल्लेख गरिएका प्रक्रिया अपनाउनुभयो भने तपाईंको फोटो सम्बन्धित निकायले सहजै स्वीकार्नेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३