close

अब इन्स्टाग्रामले नै पत्ता लगाइदिनेछ तपाईंको उमेर

टेकपाना टेकपाना

असार ११, २०७९ १४:५८

अब इन्स्टाग्रामले नै पत्ता लगाइदिनेछ तपाईंको उमेर

काठमाडौं । मेटा अन्तर्गतको इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताको उमेर पहिचानका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ प्रविधि विकास गरेको छ ।

याे प्रविधिबाट कम्पनीले राखेको उमेर हदको नियमलाई कार्यान्वयनमा ल्याउन सहज हुने विश्वास लिइएकाे छ । हाल इन्स्टाग्राममा अकाउन्ट बनाउनका लागि १३ वर्ष पूरा गरेको हुनुपर्छ ।

तर, त्योभन्दा साना उमेरका बालबालिकाले पनि उमेर बढाएर अकाउन्ट बनाउने गरका छन् ।

यस्तोमा कम्पनीले अकाउन्ट बनाउनुअघि व्यक्तिको उमेर पहिचानका लागि अकाउन्ट बनाउने प्रक्रियामा नयाँ लेयर थप गरेको छ । जसले प्रयोगकर्तालाई अनुहार स्क्यान गर्न लगाउने छ ।

त्यसरी स्क्यान गर्दा उक्त व्यक्ति कति उमेको हो भनी ‘योती’ नामक कम्पनीले निर्माण गरेको एआईले पहिचान गर्ने जनाइएको छ । लामो समयदेखि इन्स्टाग्रामले बालबालिकामा मानसिक असर पारिरहेको भन्दै आवाज उठ्दै आएको थियो ।

साथै इन्स्टाले बालबालिकालाई अकाउन्ट बनाउनबाट रोक्न असफल भएको भनी विरोध भइरहेको थियो । विशेषगरी सन् २०१९ मा गोपनीयता र बाल सुरक्षासम्बन्धी विज्ञहरूले यो विषयमा सार्वजनिक रुपमा इन्स्टाग्रामले कदम चाल्नुपर्ने भनी आवाज उठाएका थिए ।

त्योसँगै कम्पनीले ‘योती’ नामक कम्पनीसँगको सहकार्यमा नयाँ प्रविधिको विकास गरेको हो । यसले उमेर पहिचान गरी अकाउण्ट बनाउने निकै मद्दत पुग्ने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३