close

सरकारकै आईटी विभाग र डेटा सेन्टरका उपकरणबाट विश्वभर साइबर आक्रमण गर्दै ह्याकर

टेकपाना टेकपाना

असार १२, २०७९ १७:५२

सरकारकै आईटी विभाग र डेटा सेन्टरका उपकरणबाट विश्वभर साइबर आक्रमण गर्दै ह्याकर

काठमाडौं । नेपालमा सूचना प्रविधि क्षेत्रको अगुवाइ तथा व्यवस्थापन गर्ने सरकारी निकायकै सिस्टम ह्याकरको पहुँचमा रहेको पाइएको छ । काठमाडौं स्थित साइबर सेक्युरिटी फर्म भैरव टेक्नोलोजीले सार्वजनिक गरेको ‘नेसनल साइबरसेक्युरिटी थ्रेट रिपोर्ट २०२२’ ले यो तथ्य बाहिर ल्याएको हो । 

प्रतिवेदन अनुसार सरकारी डेटा सेन्टरको रूपमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका १४ ओटा उपकरणमा ह्याकरको पहुँच रहेको छ । जुन अटोनोमस सिस्टम नम्बर-एएसएन (AS45353) अन्तर्गतका रहेका छन् । यस्तै सूचना प्रविधि विभागका तीन ओटा उपकरणमा ह्याकरले पहुँच पाइरहेको उल्लेख छ । जसमा एएसएन (AS131341) अन्तर्गतका डिभाइस रहेको देखिन्छ । 

नेपाल सरकारको आईटी पूर्वाधारको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका यी दुई निकायका उपकरणहरू साइबर आक्रमणकारीहरूले ‘जोम्बी होस्ट’को रूपमा उपयोग गरेको प्रतिवेदनमा उल्लेख छ । “जसबाट विश्वका विभिन्न देशहरूलाई लक्षित गर्दै विध्वंशकारी साइबर आक्रमण भएको छ,” प्रतिवेदनले भनेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३