close

बिल गेट्सले दिए थप २५ खर्ब ४२ अर्ब ४० करोड दान 

टेकपाना टेकपाना

असार ३०, २०७९ १७:५९

बिल गेट्सले दिए थप २५ खर्ब ४२ अर्ब ४० करोड दान 

काठमाडौं । विश्व धनाढ्य मध्येका एक बिल गेट्सले आफ्नो एक परोपकारी कोषलाई यसै महिना थप २० अर्ब डलर (करिब २५ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ) दान दिएका छन् । बिल गेट्स र उनी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले संयुक्त रूपमा सञ्चालन गर्दै आएको उक्त फाउन्डेसनले गरिबी निवारण, असमानता र रोगब्याधी न्यूनिकरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । 

बिल गेट्सले बिहीबार एक ट्वीट गर्दै लेखेका छन्, “मानिसले सामना गरिरहेका पीडालाई कम गर्न र प्रत्येक व्यक्तिलाई स्वस्थ तथा उत्पादनशील जीवन बिताउने मौका दिने फाउन्डेसनको दृष्टिकोण पूरा गर्न मैले दिएको थप रकमले मद्दत गर्ने आशा गरेको छु ।”

सन् २०२६ सम्ममा वार्षिक ९ अर्ब डलर वितरण गर्ने कोषको लक्ष्य रहेको थियो । जुन अहिलेको दरको तुलनामा ५० प्रतिशत बढी हो । हालसम्म कोषले ७९.२ अर्ब डलर खर्च गरिसकेको छ । जसमा सबैभन्दा बढी भाग (३५.७ अर्ब डलर दान) बर्कशायर ह्याथवेका कार्यकारी अधिकृत वारेन बफेटले गरेका छन् ।

सन् २००० मा स्थापना गरिएको यो फाउण्डेसनमा बिल गेट्सले आफ्नो कुल सम्पत्ति १२२ अर्ब डलरमध्ये माइक्रोसफ्ट स्टकबाट २० अर्ब रकमान्तर गरेका हुन् । उनले पहिले नै आफू मर्नु अघि आफ्नो सबै सम्पत्ति कोषका नाममा दान गर्ने प्रतिज्ञा गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३