close

टेस्ला चढेर सगरमाथाको यात्रा

टेकपाना टेकपाना

असार ३२, २०७९ १३:४२

टेस्ला चढेर सगरमाथाको यात्रा

काठमाडौं । टेस्ला चाइनाले शक्रबार एउटा भिडिओ सार्वजनिक गरेको छ, जहाँ केही यात्री टेस्ला कार चढेर सगरमाथाको बेस क्याम्प पुगेका छन् ।

‘टु माउन्ट कोमोलाङ्मा बाई टेस्ला’ शीर्षक दिइएको भिडिओमा चीनमा रहेको टेस्ला कम्पनीले ‘मेड-इन-चाइना’ अर्थात् चीनमा नै बनेको टेस्ला गाडीबाट सगरमाथाको बेस क्याम्पसम्म गरेको यात्रा देखाइएको छ ।

सगरमाथा पृथ्वीको सबैभन्दा अग्लो हिमाल हो । चीनका ब्रिज डिजाइनर एवं ट्राभल भ्लगर ट्रेनसेन चोङक्विङ सहितकाे टिमले ३१८ मोडलको कारबाट यो यात्रा सफलतापूर्वक पूरा गरेका हुन् ।

धेरैले  माउन्ट एभरेस्ट अथवा सगरमाथा भनेर चिन्ने यो हिमाललाई चिनियाँहरूले भने कोमोलाङ्मा नामले चिन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३