काठमाडौं । गुगल म्याप्स विश्वकै सर्वाधिक लोकप्रिय म्याप तथा नेभिगेसन एपम हो । दैनिक दशौँ लाख प्रयोगकर्ताले गुगल म्याप्स प्रयोग गर्छन् ।
पछिल्लो समय कुनै ठाउँ वा कार्यालय जानपरे हामीले गुगल म्याप्सको मद्दत लिन्छौं । अनलाइन बजार, राइड शेयरिङ सेवा तथा ई-कमर्सको प्रचलन बढ्दा अझ नेभिगेसन एपको प्रयोग बढिरहेको छ ।
आज हामी गुगल म्याप्समा पहिले सेट भएको एड्रेस परिवर्तन गर्न तरिका सिकाउँदै छौं ।
पहिले सेट भएको आफ्नो ठाउँको ठेगाना यसरी अपडेट गर्नुहोस्
तपाईंले आफ्नो फोनमा रहेको गुगल म्याप्सको एपबाट यसरी सजिलै आफ्नो घरको एड्रेस अपडेट गर्न सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले गुगल म्याप्स एपमा जानुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको तपाईंको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् ।
अब इडिट होम अर वर्क (Edit home or work) मा ट्याप गर्नुहोस् ।
त्यसपछि त्यहाँ वर्क र होम भन्ने दुई ओटा अप्सन देख्न सकिन्छ ।
आफूले परिवर्तन गर्न चाहेको वर्क वा होमको कुनै एउटा अप्सन पछाडि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
मानौं तपाईंले वर्कप्लेस परिवर्तन गर्न चाहनुभयो । अब त्यहाँ तीनवटा डटमा ट्याप गरिसकेपछि इडिट वर्क भन्ने अप्सन देखिन्छ । माथि सर्च बक्समा आफूले काम गर्ने ठाउँको एड्रेस टाइप गरेर वा म्यापबाट छानेर अहिले काम गरिरहेको ठाउँको लोकेसन सेट गर्न सक्नुहुन्छ ।
त्यसपछि डन (Done) मा ट्याप गर्नुभयो भने तपाईंको नयाँ लोकेसन सेट हुन्छ ।
डेस्कटपमा यसरी अपडेट गर्नुहोस्
आफूले प्रयोग गरिरहेको ब्राउजरमा गुगल म्याप्स खोल्नुहोस् ।
त्यसपछि योर प्लेस (Your place) अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि लेबल्ड (Labelled) अप्सनमा क्लिक गर्नुहोस् ।
सेट अ होम एड्रेसमा क्लिक गरेर सर्च बारमा नयाँ ठेगाना छान्नुहोस् ।