close

विन्डोज ११ का लागि नयाँ ग्यालरी भ्यु ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

साउन ३, २०७९ १७:९

विन्डोज ११ का लागि नयाँ ग्यालरी भ्यु ल्याउँदै ह्वाट्सएप

काठमाडौं । ह्वाट्सएपले आफ्नो बेटा भर्सनमा थुप्रै नयाँ फिचर परीक्षण गरिरहेको छ । कम्पनीले हालै विन्डोज ११ का लागि ड्रइङ, इमोजी रियाक्सन र अन्य थुप्रै फिचर अपडेट गरेको थियो ।

डब्लुएबेटाइन्फोको रिपोर्ट अनुसार हाल कम्पनीले एपका लागि ग्यालरी भ्यु परीक्षण गरिरहेको छ । यसका लागि पहिलो चरणमा ह्वाट्सएप विन्डोज एपको बेटा भर्जन २.२२२७.२.० मा ग्यालरी भ्यु सार्वजनिक गरेको छ ।

यही अपडेटमा एप बन्द गरिसकेपछि पनि रिप्लाई गर्न सकिने फिचर समावेश छ ।

ग्यालरी भ्युमा के छ नयाँ ?

डब्लुएबेटाइन्फोले सार्वजनिक गरेको स्क्रिनशटमा विन्डोजका लागि ह्वाट्सएप बेटाको ग्यालरी भ्यु रिडिजाइन गरिएको देख्न सकिन्छ, जुन ह्वाट्सएप वेबमा आधारित ह्वाट्सएप डेक्सटप क्लाइन्टसँग मिल्दोजुल्दो छ ।

फोटोमा धेरै फोटो  क्यारोसेल फर्म्याट (विभिन्न फोटो जोडिएर एउटै फोटो जस्तो बन्ने) मा देख्न सकिन्छ । ग्यालेरी भ्यु पहिलेको जस्तै भए पनि प्रयोग गर्न पहिलेको भन्दा सहज हुने ह्वाट्सएपको दावी छ । यसको पर्फमेन्समा सुधार हुनुले ग्यालरी भ्यु सहज हुने परीक्षकहरूले उल्लेख गरेका छन् ।

यो अपडेट विन्डोज स्टोरका माध्यमबाट केही सीमित प्रयोगकर्ताका लागि मात्र सार्वजनिक गरिएको छ । त्यस्तै ह्वाट्सएप च्याटका लागि ‘बल्क इनेबल’ डिसेपियरिङ मोड पनि  परीक्षण गरिरहेको  छ, जसका माध्यमबाट प्रयोगकर्ताले धेरै च्याट छानेर एकै पटकमा डिसेपियरिङ मोड लागू गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३