काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले फोरजीका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी गरेको छ ।
राजधानीमा शुक्रबार आयोजित साउथ एसियन नेटवर्क अपरेटर (सानग) करको कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस विषयमा जानकारी दिएका हुन् ।
उनले फोरजीका लागि हाल उपलब्ध फ्रिक्वेन्सीले मात्रै फोरजीको गुणस्तर कायम हुन नसकेको भन्दै थप फ्रिक्वेन्सी उपलब्ध गराएर सेवालाई प्रभावकारी बनाउने बताए ।
उनले यसका लागि प्राधिकरणले आवश्यक कदम चाल्नेसमेत जनाएका छन् । साथै दक्षिण एसियाका प्रतिनिधिसहितको यो कार्यक्रमले नेटवर्कको सुरक्षा, बलियो नेटवर्क विस्तारमा मद्दत पुग्ने उनले अपेक्षा राखे ।