काठमाडौं । आकर्षक फिचर ल्याउनुभन्दा गुगल आफ्नो फोटोज एपलाई सहज प्रयोग गर्नतर्फ केन्द्रित छ ।
उदाहरणका लागि गुगलले पछिल्लो पटक गुगलले फोटोज एपको बटमबाट धेरै फोटो, स्लाइड आउट कार्डका माध्यमबाट शेयर गर्न मिल्ने बनाएको थियो, जुन पहिलेको तुलनामा सहज भएको मानिन्छ ।
अहिले नयाँ आएको अपडेटमा स्क्रिनशट हेर्न सजिलाे बनाइएको छ । यदि तपाईंले फोटोजलाई ५.९८ भर्जनमा अपडेट गर्नुभयो भने तपाईंले ‘भ्यु स्क्रिनशट’ भन्ने सेक्सन देख्न सक्नुहुन्छ । त्यसका लागि तपाईंले गुगल फोटोज एपलाई अपडेट गर्नुपर्ने हुन्छ ।
एप अपडेट गरिसकेपछि एपको आइकनमा बाहिरबाट लामो समयसम्म दबाउनुपर्ने हुन्छ । त्यसपछि त्यहाँ भ्यु स्क्रिनशट भन्ने अप्सन देख्न सक्नुहुन्छ ।
तपाईंले ‘भ्यु स्क्रिनशट’मा ट्याप गर्नुभयो भने तपाईंले सोझै स्क्रिनशट हेर्न सक्नुहुन्छ । यदि तपाईंलाई कुनै पनि सामाग्रीको स्क्रिनशट लिनुभयो र त्यसलाई तत्कालै इडिट, शेयर वा डिलिट गर्नुभयो भने यो विकल्प अपनाउन सक्नुहुन्छ ।