close

राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ प्रविधिलाई अमेरिकामा पब्लिक च्वाइस अवार्ड

टेकपाना टेकपाना

साउन ६, २०७९ १३:३४

राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ प्रविधिलाई अमेरिकामा पब्लिक च्वाइस अवार्ड

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको ‘न्यानो नानी’ अर्थात् बालबालिकालाई न्यानो बनाउने उपकरणले अमेरिकामा अवार्ड जितेको छ ।

आविष्कार केन्द्रका संस्थापक एवं अध्यक्ष महाबिर पुनका अनुसार अमेरिकाको नर्थइस्ट ओहियो मेडिकल युनिभर्सिटीले आयोजना गरेकाे बायो-मेडिकल उपकरणहरूको इनोभेसनसम्बन्धी प्रदर्शनीमा ‘न्यायाे नानी’ प्रविधिले पिपुल च्वाइस अवार्ड जितेकाे हाे ।

‘न्यानो नानी’ एउटा त्यस्तो उपकरण हो, जसले बालबालिकालाई न्यानो बनाएर राख्ने गर्छ ।

पिपुल च्वाइस अवार्ड जित्दै आविष्कार केन्द्रले एक हजार डलर (करिब एक लाख २७ हजार रुपैयाँ) पुरस्कार पाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३