close

माइक्रोसफ्ट टिम्समा आयो फेसबुक जस्तै नयाँ एप, काम गर्दै एक-अर्कासँग अन्तर्क्रिया गर्न सकिने

टेकपाना टेकपाना

साउन ७, २०७९ १५:५८

माइक्रोसफ्ट टिम्समा आयो फेसबुक जस्तै नयाँ एप, काम गर्दै एक-अर्कासँग अन्तर्क्रिया गर्न सकिने

काठमाडौं । कामसँगै अन्य विषयहरुमा पनि छलफल तथा अन्तर्क्रिया गर्नका लागि माइक्रोसफ्टले टिम्स प्रयोगकर्ताका लागि फेसबुकजस्तै एप ‘भिभा इङ्गेज’ सार्वजनिक गरेको छ ।

हुबहु फेसबुकजस्तो फिचर भएको यो एप टिम्समा काम गर्ने व्यावसायिक प्रयोगकर्ताका लागि तयार गरिएको हो ।

माइक्रोसफ्टले आजभन्दा १० वर्ष अगाडि एक अर्ब २० कराेड डलरमा ‘यामर’ नामक सामाजिक सञ्जालको एउटा प्लेटफर्म खरिद गरेको थियो । यो प्लेटफर्म एउटा व्यावसायिक प्लेटफर्म हो, जहाँ व्यक्तिहरू जोडिएर अन्तर्क्रिया गर्न सक्छन् ।

यो प्लेटफर्मलाई माइक्रोसफ्टको व्यावसायिक अकाउन्ट होल्डरहरूले प्रयोग गरिरहेका थिए । यसैबीच सन् २०१९ मा कम्पनीले यामरलाई सुधार गर्दै नयाँ फिचरसहित सार्वजनिक पनि गरेको थियो ।

यद्यपि अहिले आएर कम्पनी आफ्नै नयाँ ‘भाइभा प्लेटफर्म’ मा बढी केन्द्रित देखिएको छ । कामकै बीचमा पनि सहकर्मीहरूबीच अन्तर्क्रिया बढाउने माइक्रोसफ्टको प्रयासकास्वरूप यो प्लेटफर्म सार्वजनिक गरिएको हो ।

यो एपमा पनि फेसबुकमा जस्तै प्रोफाइल टाइमलाइन, न्युज फिड, स्टाटस, भिडिओ तथा फोटो पोस्ट गरेर सो पोस्टमा अन्तर्क्रिया गर्ने लगायतका फिचरहरू समावेश गरिएको छ ।

साथै अन्य प्लेटफर्ममा जस्तै यसमा पनि स्टोरी राख्न मिल्छ । यसमा आफ्नो व्यक्तिगत लगायत व्यावसायिक कुराहरू शेयर गर्न मिल्छ । समग्रमा भन्दा भाइभा टिम्स प्रयोगकर्ताको लागि ईन-एप फेसबुकजस्तै प्लेटफर्म हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३