close

डेढ लाखले बढ्यो बीवाईडी ई सिक्सको मूल्य

टेकपाना टेकपाना

साउन ११, २०७९ १५:३४

डेढ लाखले बढ्यो बीवाईडी ई सिक्सको मूल्य

काठमाडौं । नेपाली बजारमा बीवाईडी ब्राण्डको विद्युतीय कार ई सिक्सको मूल्य बढेको छ । नेपालमा डलरको मूल्य बढेसँगै कम्पनीले गाडीकाे मूल्य पनि बढाएकाे हाे ।

नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गर्छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब सनत प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएका कारण गाडीको मूल्य बढाउनुपरेको बीवाईडीको नेपालस्थित आधिकारिक वितरण साइमेक्स इंक प्रालिले जनाएकाे छ ।

‘अहिलेको अफ्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भएपनि हामीले बीवाईडी ई सिक्समा एक लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेका छौं । साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा एक लाख दुई हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएका छौं,’ कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले १५/१६ महिनामा डलरको एक्सचेन्ज रेटमा व्यापक वृद्धि भएका कारण मूल्य बढाउनु परेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३