काठमाडौं । इन्डोनेसियाले आफ्नो देशको नियम पालना नगरेको भन्दै पेपाल लगायत अन्य डिजिटल प्लेटफर्ममा प्रतिबन्ध लगाएको छ ।
ईमेल वेबसाइट याहू, भुक्तानी कम्पनी पेपल लगायत अन्य गेमिङ वेबसाइटहरूमा इन्डोनेसियाले प्रतिबन्ध लगाएको हो ।
इन्डोनेसियाली सरकारले सन् २०२० को नोभेम्बरमा जारी गरेको नयाँ नियमअनुसार यी कम्पनीहरूले देशमा दर्ता गरेर एकजना प्रतिनिधि तोक्नुपर्ने हुन्छ ।
साथै सो देशको डेटाहरूमा देशकै अधिकार हुने लगायतका नियम लागू गरिएको छ । अल्फाबेट इन्क, मेटा, इन्स्टाग्राम, व्हाट्सएप, अमेजन लगायतका धेरै टेक कम्पनीहरूले अन्तिम समयमा आएर दर्ता गराएका थिए ।
यद्यपि भुक्तानी कम्पनी पेपाल, ईमेल प्लेटफर्म याहू अन्य केही गेमिङ कम्पनीहरू भने अझै दर्ता हुन बाँकी छ । यसले गर्दा इन्डोनेसियाले दर्ता नभएका कारण यी कम्पनीमाथि प्रतिबन्ध लगाई कारोबार रोक्का गरेकाे छ ।