close

कसरी बन्ने फुल स्ट्याक डेभलपर ?

टेकपाना टेकपाना

साउन १४, २०७९ १७:५४

कसरी बन्ने फुल स्ट्याक डेभलपर ?

काठमाडाैं । आजको प्रविधि युगकाे अभिन्न अंग हो, प्रोग्रामिङ । अनि प्रोग्रामिङमा पनि सबैभन्दा बढी माग गरिएको स्किल (सीप) हो, फुल स्ट्याक डेभलपर ।

फुल स्ट्याक डेभलपर त्यो हो, जसले क्लाइन्ट साइड एप्लिकेसन फ्रन्ट-इन्ड र सर्भर साइड एप्लिकेसन ब्याक-इन्ड दुवैमा काम गर्छ ।  

फ्रन्ट-इन्ड डेभलपमेन्ट

फ्रन्ट-इन्डलाई सामान्य भाषामा कुनै पनि एप्लिकेसनको युजर इन्टरफेस भनेर बुझिन्छ ।

वेबसाइटमा भएका कन्टेन्टहरुलाई कसरी प्रस्तुत गर्ने, प्रयोगकर्ताले कसरी त्यसमा अन्तर्क्रिया गर्ने, वेबपेजलाई  के-कस्तो देखाउने भन्ने कुरा फ्रन्ट-इन्ड डेभलपरले हेर्ने गर्छ ।

युजर एक्स्पेरियन्सका लागि आवश्यक वेबपेजमा देखिने सबै कम्पोनेण्टहरु फ्रन्ट इन्ड डेभलपमेन्टमा पर्छन् ।  

ब्याक-इन्ड डेभलपमेन्ट

ब्याक-इन्डमा सर्भर साइडमा काम हुन्छ।  ब्याक एन्डमा सर्भर हुन्छ, जसले युजर रिक्वेस्ट रिसिभ गर्छ र प्रोसेस गर्छ ।

ब्याक-इन्डमा एउटा वेब एप्लिकेशनमा हुने पर्दा पछडिका सबै काम हुन्छ । डेटा ह्याण्डलिङ, डेटा म्यानिपुलेसन, अल्गोरिदम लगायतका काम ब्याक-इन्डमा काम हुन्छ ।

ब्याक-इन्डलाई वेव एप्लिकेशनको लजिकल भाग वा दिमाग (“Brain”) पनि भन्ने गरिन्छ । फुल-स्ट्याक वेव एप्लिकेशन बनाउनको लागि फ्रन्ट-इन्ड र ब्याक-इन्ड दुवै आवश्यक पर्छ।  

कसरी बन्ने फुल स्ट्याक वेब डेभलपर  ? 

१. इन्टरनेट प्रोटोकलबारे जान्नुहोस्:

वेब एप्लिकेसन क्रियट गर्नुपूर्व इन्टरनेटले कसरी काम गर्छ भन्ने बुझ्नु जरुरी हुन्छ ।  HTTP/HTTPS /IP adress/Domain Name, DNS बारे जान्न आवश्यक हुन्छ । यसले इन्टरनेट प्रोटोकलबारे जानकारी दिन्छ । 

२. HTML र CSS सिक्नुहोस्:

एचटीएमएल र सीएसएस सिक्नु प्रोग्रामिङ वर्ल्डको पहिलो पाइला हो । एचटीएमएलले कुनै पनि वेबसाइटको एउटा आधारभूत लेआउट उपलब्ध गराउँछ ।

त्यही लेआउटलाई कस्तो देखाउने, कुन कम्पोनेन्टलाई कहा राख्ने भन्ने कुरा सीएसएसले सिकाउँछ । फ्रन्ट-इन्ड डेभलपमेन्टमा एचटीएमएल र सीएसएस अत्यन्तै आवश्यक आधार हो ।

एचटीएमएल र सीएसएसलाई प्रोग्रामिङ ल्याङ्ग्वेज नमानिए पनि फुल स्ट्याक डेभलपरको पहिलो पाइला यही नै हो ।   

३. गिटहब: 

गिटहब प्रोग्रामरहरुको सबैभन्दा ठूलो अपन सोर्स कम्युनिटी हो ।

यसमा आफूले गरेका प्रोजेक्टहरुको रिपोजटरी बनाउन, अरुसँग सहकार्य गरेर एप्लिकेसन बनाउन सकिन्छ ।  एक प्रोग्रामरका लागि गिटहब निकै आवश्यक टुल हो ।  

४. कोड इडिटर : 

तपाईंले कुनै कोड इडिटर चलाउन सिक्नुपर्ने हुन्छ।  भिजुअल स्टुडियो कोड, सबलाइम टेक्स्ट, एटम, पाइचार्मजस्ता टेक्स्ट इडिटरमध्ये कुनै पनि एक सिक्न सक्नुहुन्छ ।

यो तपाईंको कोड गर्ने प्लेटफर्म हो । तपाईंले यसैमा कोड गर्नुहुन्छ ।  

५. जाभास्क्रिप्ट : 

तपाइले HTML र CSS मा डिजाइन गरेको वेबसाइटलाई जाभास्क्रिप्टले कार्यात्मक (functional) बनाउँछ । जाभास्क्रिप्ट ब्राउजरमा चल्ने एक स्क्रिप्टिङ्ग ल्याङ्ग्वेज हो ।

सीएसएससँग जाभास्क्रिप्टको प्रयोगले तपाईंले वेबसाइटमा बहुआयामिक र इन्टर एक्टिभिटि ल्याउँछ । जाभास्क्रिप्टले सर्भर साइड र क्लाइन्ट साइड दुवै क्षेत्रमा काम गर्छ । त्यसैले एचटीएमएल सीएसएस पछि यो स्वतः अर्को स्टेप हुन्छ ।

यससँगै तपाईंले जाभास्क्रिप्टकै फ्रन्ट-इन्ड लाइब्रेरी रियाक्ट जेएस/नेक्स्ट जेएस सिक्नुपर्ने हुन्छ ।  

ब्याक-इन्ड 

ब्याक-इन्डका लागि भने तपाईंंले जाभास्क्रिप्टमै निरन्तरता दिन चाहे नोड जेएस/ एङ्गुलर जेएस  सिक्न सक्नुहुन्छ ।

यसका अलावा तपाइले पाइथनको फ्रेमवर्क ज्याङ्गो (“Django), फ्लास्क(“Flask”) वा पीएचपी लाराभेल, रुबी एण्ड रेल्स लगायतका ल्याङ्ग्वेज सिक्न सक्नुहुन्छ ।   

डेटाबेस: 

डेटाबेसको लागि तपाईंले माइएसक्यूएल, पोस्ट्ग्रेस, मंगोडीबीमध्ये कुनै एक सिक्न सक्नुहुन्छ ।

यसरी तपाईं निरन्तर अभ्यास र प्रयासले फुल स्ट्याक डेभलपर बन्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३