काठमाडौं । अनुसन्धानकर्ताहरूकाे एक समूहले मानिसको स्वास्थ्यका लागि उपयोगी हुने विद्युतीय ट्याटुको विकास गरेका छन् ।
यो विद्युतीय ट्याटु अन्य ट्याटुजस्तो मसिनले शरीरमा खोप्ने नभई शरीरमा इन्स्टल गर्ने एउटा डिभाइस हो, जसले प्रयोगकर्ताको स्वास्थ्यको ख्याल राख्ने गर्छ ।
साथै प्रयोगकर्ताको स्वास्थ्यमा केही समस्या आएको खण्डमा यो ट्याटुले प्रयोगकर्तालाई सूचित पनि गर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
रोयटर्समा प्रकाशित एक खबरअनुसार दक्षिण कोरियाको ‘कोरिया एडभान्स्ड इन्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी’ का अनुसन्धानकर्ताले बायोइलेक्ट्रोडले जस्तै काम गर्ने तरल धातु र कार्बन नानोट्युबहरू प्रयोग गरी विद्युतीय ट्याटुको इंक (मसी) तयार पारेका छन् ।
इलेक्ट्रोकार्डियोग्राम अर्थात् ईसीजी गर्ने उपकरणमा जोडर यो ट्याटुमार्फत बिरामीको मुटुको धड्कन, ग्लुकोजको मात्रा लगायतको परीक्षण गर्न सकिने बताइएकाे छ ।
आउने दिनमा यो इंकलाई वायरलेस चिपसँग जोडेर बाह्य डिभाइसमा बिरामीको शरीरलाई जोडी काम गर्ने लक्ष्य राखिएकाे छ ।
‘यस्तो प्रकारको डिभाइस अथवा मोनिटर बिरामीकै घरमा पनि राख्न सकिन्छ र आफैँले ट्याटु बनाएजस्तै गरी आफ्नो स्वास्थ्य परीक्षण गर्न सकिन्छ,’ अनुसन्धानकर्तालाई उद्धृत गर्दै राेयटर्सले लेखेकाे छ ।