close

अब क्लबहाउसमा गोप्य छलफल गर्न सकिने 

टेकपाना टेकपाना

साउन २१, २०७९ १२:१

अब क्लबहाउसमा गोप्य छलफल गर्न सकिने 

काठमाडौं । अडियाे प्लेटफर्म क्लबहाउसले आफ्ना प्रयोगकर्ताका लागि ‘हाउसेस’ नामको नयाँ फिचर सार्वजनिक गर्ने भएको छ ।

आफ्नो छुट्टै निजी समूह बनाएर छलफल गर्न चाहनेहरूका लागि यो फिचर ल्याउन लागेकाे कम्पनीले जनाएकाे छ ।

यसअन्तर्गत कुनै पनि व्यक्ति वा समूहले क्लबहाउसभित्र आफ्नो छुट्टै ‘हाउस’ बनाएर छलफल गर्न सक्नेछन् । यसमा अन्य कुनै सार्वजनिक व्यक्तिहरूले प्रवेश गर्न पाउँनेछैनन् ।

यो फिचर अन्तर्गत प्रयोगकर्ताले एक अर्काको साथीहरूसँग जोडिन सक्ने, एउटा रूमबाट अर्को रूममा जानसक्ने, साथीहरूसँग भेट्ने लगायत काम गर्न सक्छन् ।

यसरी हाउस बनाउनका लागि साइन-अप गरेर प्रयोगकर्ताले आफ्नो नाम र क्लबहाउसमा राखिएको युजरनेम भेरिफाइ गर्नुपर्ने हुन्छ ।

यसपछि आफ्नो हाउसको नाम, यसको विशेषता लगायतका अन्य विवरणहरू राख्न सकिन्छ । यसरी आफूले बनाएको घरमा अरुलाई निमन्त्रणा गरेर जोड्न सकिन्छ ।

महामारीको बीचमा यो अडियो प्लेटफर्म निकै नै लोकप्रिय बनेको थियो । तर कोरोनाको प्रभाव विस्तारै कम हुँदै गर्दा यसको लोकप्रियता पनि घट्दै गइरहेको छ ।

यसैबीच प्लेटफर्ममा थप गरिएको नयाँ फिचरले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा अन्तर्राष्ट्रिय बजार अहिले चर्चा चलिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३