काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एप सञ्चालन गरिरहेको छ ।
तर सेवाग्राहीहरूले यो एपलाई लिएर सुरुवातदेखि ने विभिन्न गुनासो गरिरहेका छन् । मुख्यगरी एप दर्तामा नागरिकता नम्बर नमिलेर आवेदन रद्द भएको गुनासो बढी आउने गरेको छ ।
हालै नागरिक एपले एक सूचना जारी गर्दै दर्ता गर्ने समयमा सही नागरिकता नम्बर समावेश नराख्दा आवेदन रद्द गरिएको जानकारी दिँदै सही नम्बर प्रविष्ट गर्न अनुरोध गरेको छ ।
‘हाल दर्ता असफल भएका निवेदनमध्ये अधिकांशमा नागरिकता नम्बर गलत भेटिएको हुँदा कृपया नम्बर प्रविष्ट गर्दा नागरिकताको प्रमाणपत्रमा भएका “/” तथा “-” जस्ता चिन्ह समेत हुबहु प्रविष्ट गरिदिनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
नागरिक एपमा दर्ता हुन कृपया आफ्नो नागरिकता नंबर सही प्रविष्ट गरिदिनु होला। हाल दर्ता असफल भएका निवेदनहरु मध्य अधिकांशमा नागरिकता नंबर गलत भेटिएको हुँदा कृपया नंबर प्रविष्ट गर्दा नागरिकताको प्रमाणपत्रमा भएका “/” तथा “-” जस्ता चिन्ह समेत हुबहु प्रविष्ट गरिदिनु हुन अनुरोध छ ।