एन्ड्रोइडमा रहेका ३५ एपमा भेटियो भाइरस, आफ्नो मोबाइलबाट तत्काल डिलिट गर्न आग्रह
भदौ ३, २०७९ १७:४३
काठमाडौं । हुन त गुगल तथा एप्पलको आधिकारिक स्टोरबाट एप डाउनलोड गर्नु सुरक्षित नै मानिन्छ । किन भने त्यस्ता स्टोरमा ‘मालिसियस’ (खराब आसय भएका) एप रोक्नका लागि विभिन्न प्रविधिको प्रयोग गरिएको हुन्छ ।
तर, पनि कतिपय अवस्थामा गुगल तथा एप्पलका त्यस्ता प्रविधिलाई समेत छलेर क्रियटरहरूले स्टोरमा एप अपलोड गर्न सफल हुन्छन् । त्यस्ता ३५ ओटा मालवेयर युक्त एप यतिबेला गुगल प्ले स्टोरमा भेटिएका छन् ।
जसलाई प्रयोगकर्ताले लाखौं पटक डाउनलोड गरिसकेका छन् । यदि तपाईँको मोबाइलमा समेत यी एप छन् भने तत्कालै हटाउन साइबर अनुसन्धानकर्ताहरूले आग्रह गरेका छन् ।
साइबर सेक्युरिटी कम्पनी ‘बिटडिफेण्डर’ले प्ले स्टोरमा रहेका मालवेयर युक्त ३५ ओटा एपको सूची सार्वजनिक गरेको हो । यस्ता एप प्रयोगकर्ताले मोबाइलमा डाउनलोड गरेसँगै आइकन, एपको नाम लगाएका सबै कुरा परिवर्तन हुने र डिभाइसमा लुकेर बस्ने जनाइएको छ ।
धेरैजसो यस्ता एप ‘सेटिङ’ आइकनको रुपमा लुकेर बसेका हुन्छन् । जब त्यस्तो फेक सेटिङ आइकनमा क्लिक गरिन्छ, तब उक्त एपले प्रयोगकर्तालाई वास्तविक सेटिङमै पुर्याउने जनाइएको छ ।
जसले प्रयोगकर्तालाई आफैँले सेटिङ एप प्रयोग गरिरहेको भान पार्न सफल हुन्छ । त्यतिमात्रै नभएर यस्ता एप रिसेन्ट एपमा समेत नबस्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
यस्तोमा उनीहरूले एन्ड्रोइडको सुरक्षा प्रणालीलाई नै तोडेर आफ्नै फ्रेमवर्कमा विज्ञापन चलाउने गर्छन् । यो विषय सबैभन्दा घातक रहेको अनुसन्धानकर्ताले बताएका छन् । यस्तोमा अनुसन्धानकर्ताले यदि मोबाइलमा यस्ता एप भएको खण्डमा हटाउन आग्रह गरेका हुन् ।
यस्ता छन्, मालवेयर युक्त ३८ एप
- Walls light – Wallpapers Pack: 100K+
- Big Emoji – Keyboard: 100K+
- Grad Wallpapers – 3D Backdrops: 100K+
- Engine Wallpapers – Live & 3D: 100K+
- Stock Wallpapers – 4K & HD: 100K+
- EffectMania – Photo Editor: 100K+
- Art Filter – Deep Photoeffect: 100K+
- Fast Emoji Keyboard: 100K+
- Create Sticker for Whatsapp: 100K+
- Math Solver – Camera Helper: 100K+
- Photopix Effects – Art Filter: 100K+
- Led Theme – Colorful Keyboard: 100K+
- Keyboard – Fun Emoji, Sticker: 50K+
- Smart Wifi: 10K+
- My GPS Location: 10K+
- Image Warp Camera: 100K
- Art Girls Wallpaper HD: 100K+
- Cat Simulator: 50K+
- Smart QR Creator: 10K+
- Colorize Old Photo: 500+
- GPS Location Finder: 100K
- Girls Art Wallpaper: 10K+
- Smart QR Scanner: 50K+
- GPS Location Maps: 100K
- Volume Control: 50K+
- Secret Horoscope: 10K+
- Smart GPS Location: 10K+
- Animated Sticker Master: 100K
- Personality Charging Show: 100K
- Sleep Sounds: 100K
- QR Creator: 10K+
- Media Volume Slider: 10K+
- Secret Astrology: 10K+
- Colorize Photos: 10K+
- Phi 4K Wallpaper – Anime HD: 50K+
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४
