close

आईफोनमा पनि अब ‘मेरो शेयर’ एप चलाउन सकिने, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

भदौ ६, २०७९ १४:१३

आईफोनमा पनि अब ‘मेरो शेयर’ एप चलाउन सकिने, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । ‘मेरो शेयर’ एप आईओएसमा पनि सार्वजनिक गरेकाे छ । एन्ड्रोइड भर्सनमा उपलब्ध भएकाे दुई वर्षपछि केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले आईओएस प्रयोगकर्तालाई पनि याे एप उपलब्ध गराएकाे हाे ।

एपबाटै शेयर कारोबार गर्ने प्रयोगकर्ताको सङ्ख्या बढेकाले आईफाेनका लागि मेराे शेयर सार्वजनिक गरिएकाे सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

“हामीले आईओएस एपका लागि पहिले नै काम सम्पन्न गरिसकेका थियौँ,” उनले भने, “परीक्षण सफल भएपछि आइतबारदेखि प्रयाेगकर्ताका लागि उपलब्ध गराएका हाैं ।”

आईओएस प्रयोगकर्ताले मेरो शेयरको एप यहाँबाट डाउनलोड गर्न सक्छन् ।

प्रयोगकर्ताले याे एपमा बजार, पोर्टफोलियो, आईपीओ, शेयर विवरण, एफपीओ, हकप्रद शेयर आवेदन लगायतका सुविधा लिन सक्ने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४