close

राष्ट्रिय वाणिज्य बैंकको नामबाट फेसबुकमा स्क्याम आतंक, सचेत रहन बैंक आग्रह

टेकपाना टेकपाना

भदौ ७, २०७९ १०:३१

राष्ट्रिय वाणिज्य बैंकको नामबाट फेसबुकमा स्क्याम आतंक, सचेत रहन बैंक आग्रह

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो नाम र लोगो दुरुपयोग गरी फेसबुकमा चिट्ठाको नाममा स्क्याम आतंक भइरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै बैंकले विभिन्न सामाजिक सञ्जालमा बैंकको नाममा चिठ्ठा लगायतका भ्रामक सूचनाहरू प्रवाह भइरहेको जनाएको हो ।

यस्ता कार्यहरूबाट जोगिन बैंकको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालका भेरिफाइ अकाउन्टबाट मात्र आवश्यक जानकारी/सूचना लिन समेत आग्रह गरेको छ ।

साथै ग्राहकलाई अनधिकृत सञ्जालमा आफ्ना कुनै पनि विवरण, सूचना उपलब्ध नगराउन समेत सचेत गराएको छ ।

यसअघि बैंकको नाममा फिसिङ आक्रमण समेत भएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४