काठमाडौं । नासाले विभिन्न माध्यमबाट आवाज संकलन गरेर ब्ल्याक होलमा सुनिने जस्तो आवाज तयार पारी सार्वजनिक गरेको छ ।
विशेषगरी यो अन्तरिक्ष एजेन्सीले पृथ्वीभन्दा २० करोड प्रकाश वर्ष टाढा रहेको विशाल र रहस्यमय ब्ल्याक होलको ध्वनि तरङ्ग (साउण्ड वेभ) बाट एउटा धुन बनाएको छ ।
यो ब्ल्याक होल, पर्सियस ग्ल्यालेक्सी क्लस्टर भनेर चिनिने भागमा फेला परेको हो, जो एक करोड १० लाख प्रकाश वर्ष चौडा रहेको मध्य भागमा फेला परेको आकाशगंगाको बन्डलमा रहेको छ ।
हामीले कल्पना गर्नसमेत नसक्ने ब्ल्याक होलको आवाज विशेषगरी स्पेस क्लाउडले गर्दा सुन्न सम्भव भएको हो ।
ब्ल्याक होलको यो आवाज तपाईं हामीले कल्पना गरेजस्तै छ । यो आवाज एकदमै डरलाग्दो र रहस्यमयी सुनिन्छ । हेडफोन लगाएर सुन्ने हो भने यसको भाव प्रष्ट बुझ्न सकिन्छ ।
The misconception that there is no sound in space originates because most space is a ~vacuum, providing no way for sound waves to travel. A galaxy cluster has so much gas that we've picked up actual sound. Here it's amplified, and mixed with other data, to hear a black hole! pic.twitter.com/RobcZs7F9e
साउन्ड वेभ विशेषगरी हावाको कम्पन हो । वा हावामा भएका केही कुराको (एटम, मोलिकुल) तरङ्ग हो । हाम्रो कानले त्यो कम्पनलाई कब्जा गरेर हामीले सुन्न लायक आवाजमा परिणत गर्छ ।
अन्तरिक्षमा यसको प्रक्रिया भिन्नै हुन्छ । किनभने त्यहाँ हावाको उपस्थिति हुँदैन । आवाजलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि विभिन्न माध्यमको आवश्यकता पर्छ ।
अन्तरिक्षमा आवाज प्रवाह हुनका लागि त्यस्तो कुनै माध्यम नहुने भएकाले हाम्रो कामले त्यहाँ हुने आवाजलाई कब्जा गर्न सक्दैन ।
त्यस्तै अन्तरिक्षमा हामीले कुनै पनि आवाज सुन्न सक्दैनौँ । ब्ल्याक होलका लागि भने भ्याकुम (कुनै माध्यम नहुनु) हुँदैन । किनभने यो ब्ल्याक होल क्लस्टर ग्यासको धेरै नजिक रहेको छ, जसले गर्दा त्यहाँ कम्पन निर्माण गर्छ ।
तीनै तातो ग्यासको लहरमा वैज्ञानिक केन्द्रित भएर यो ध्वनी तयार पारे ।
ग्यालेक्सी एम८७ को केन्द्रमा रहेको ब्ल्याक होलको आवाज
यो ट्रयाक माथि भएको भन्दा विशेष सुनिन्छ । किनभने यो त्यहाँबाट उत्पन्न भएको पूर्ण ध्वनि होइन । यसलाई म्युजिक थपेर सजाइएकाले केही विशेष सुनिन्छ ।