close

गुगल र फेसबुकले तपाईंको कति डेटा संकलन गर्छन् ? यस्तो छ अध्ययन प्रतिवेदनको तथ्याङ्क 

टेकपाना टेकपाना

भदौ १०, २०७९ १३:३१

गुगल र फेसबुकले तपाईंको कति डेटा संकलन गर्छन् ? यस्तो छ अध्ययन प्रतिवेदनको तथ्याङ्क 

काठमाडौं । हामी धेरैलाई गुगल, एप्पल, अमेजन जस्ता प्रविधि कम्पनीले हाम्रो डेटा संकलन गरिरहेको छ भन्ने कुरा थाहा नहुन सक्छ । तर, यो यथार्थ हो ।

हाम्रो डेटा संकलन गरी यस्ता कम्पनीले आफ्नो सेवालाई प्रभावकारी बनाउने काम गरिरहेका हुन्छन् । यस्तोमा ‘स्टकएप’ ले भर्खरैमात्र नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनले कुन कम्पनीले प्रयोगकर्ताको कति डेटा संकलन गर्छ भन्ने विषय देखाएको छ । एप्पल, गुगल, फेसबुक, ट्वीटर, अमेजन गरी पाँच ओटा ठुलो प्रविधि कम्पनी मध्ये एप्पलले प्रयोगकर्ताको सबैभन्दा कम डेटा संकलन गर्ने गरेको देखिन्छ । भने, सबैभन्दा बढी डेटा संकलन गर्नेमा गुगल छ ।

सबैभन्दा बढी डेटा संकलन गर्नेमा ट्वीटर  दोस्रोमा छ । तेस्रोमा अमेजन र चौथोमा फेसबुक रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार एप्पलले प्रयोगकर्तालाई सेवा दिन आवश्यक डेटामात्रै लिने हुँदा सबैभन्दा कम डेटा संकलन गरिरहेको छ । त्यतिमात्र नभएर एप्पलले गुगल, फेसबुक, ट्वीटरले जसरी विज्ञापनबाट आम्दानी पनि नगर्ने हुँदा फरक परेको हो ।

गुगलले हरेक प्रयोगकर्ताको ३९ प्रकारका डेटा संकलन गर्छ । जबकी एप्पलले १२ ओटामात्र डेटा संकलन गर्ने गरेको छ । फेसबुकले १४ प्रकारको डेटा संकलन गर्ने गरेको पाइएको छ । त्यस्तै ट्वीटर २४ र अमेजनले १९ प्रकारको डेटा संकलन गर्ने गरेको देखिएको छ ।

यसरी डेटा संकलन गरी कम्पनीहरूले विज्ञापन गर्ने तथा सेवालाई परिष्कृत गर्ने प्रयोजनमा खपत गरिरहेका हुन्छन् । त्यतिमात्रै नभएर कतिपय अवस्थामा कम्पनीहरूले यस्ता डेटा अन्य कम्पनीहरूलाई बिक्री गर्ने गरेको समेत धेरै अध्ययनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३