close

ह्वावेमार्फत नेपालमा डिजिटल प्रतिभा विकास गर्न चाहन्छौँः ली

टेकपाना टेकपाना

भदौ १०, २०७९ १२:२६

ह्वावेमार्फत नेपालमा डिजिटल प्रतिभा विकास गर्न चाहन्छौँः ली

‘सीड्स फर द फ्युचर’ विश्वव्यापी रूपमा सबैभन्दा लामो समयसम्म चलिरहेको ह्वावेको ‘सीएसआर’ (व्यवसायिक सामाजिक उत्तरदायित्व) कार्यक्रम हो । सन् २००८ पछि विश्वभरबाट १२ हजारभन्दा बढी विद्यार्थीहरू यो कार्यक्रममा सहभागी भइसकेका छन् ।

यस वर्ष हामीले नेपालबाट सात जना प्रतिभाशाली विद्यार्थीहरूलाई थाइल्यान्डको बैङ्ककस्थित हाम्रो पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाएका छौँ । यसबाट मलाई निकै गर्व महसुस भएको छ । ‘टेक फर गुड’ (Tech4Good) प्रतियोगिताका लागि म उहाँहरू र उहाँहरूको आकर्षक विचारलाई शुभकामना दिन चाहन्छु ।

हामीले डिजिटल प्रतिभाहरू डिजिटल विकासका आधार हुन् भन्ने कुरा बुझेका छौँ । हामी हाम्रो उपस्थिति रहेका १७० देश लगायत विभिन्न क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढावा दिइरहेका छौँ । मलाई लाग्छ नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना छ । यो कुरामा हामी सबै सहमत छौँ ।

यस रूपान्तरणको मुटु प्रतिभाशाली युवा प्रतिभाहरू नै हुन् । ‘सीड्स फर द फ्युचर’ जस्ता कार्यक्रम मार्फत हामी त्यस्ता डिजिटल प्रतिभाहरूको विकासमा योगदान दिन चाहन्छौँ । यस वर्षको ‘टेक फर गुड’ प्रतियोगिताका लागि विद्यार्थीहरूले तयार पारेका विचार वास्तविकतामा परिणत हुनेछन् भन्ने आशा छ ।

सूचना सञ्चार तथा प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नयाँ प्रविधिहरू प्रस्तुत गर्न प्रतिबद्ध छ । हाम्रो लक्ष्य भनेको सधैँ समाजमा केही मूल्य सिर्जना गर्नु हो । जुन हामीले हाम्रा उत्पादन र सोलुसनहरू मार्फत सेवाको रूपमा उपलब्ध गराइरहेका छौँ ।

नेपालका प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच पुर्‍याउने लक्ष्यका साथ हामी हाल सरकारी निकाय, मोबाइल सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र निजी उद्यमहरूसँग सहकार्य गरिरहेका छौँ । हामीले सबै आईसीटी सरोकारवालाहरूसँग ब्रोडब्यान्ड कनेक्टिभिटी, डेटा सेन्टर, क्लाउड र कम्प्युटिङ तथा अन्य नयाँ प्रविधि मार्फत साझेदारी गरेर नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्ने आशा गरेका छौँ ।

‘सीड्स फर द फ्युचर’ जस्ता कार्यक्रम मार्फत हामी नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइका लागि प्लेटफर्म दिन चाहन्छौँ । यस वर्ष छनोट भएका सातै विद्यार्थीले भविष्य निर्माणमा प्रविधिले कस्तो भूमिका खेल्नेछ भन्ने कुरा नजिकबाट हेर्न सक्नेछन् । उनीहरू फर्किएपछि आफूले सिकेको कुरा आफ्ना साथीहरूलाई सिकाउने छन् भन्ने कुरामा म विश्वस्त छु ।

(सीड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोहमा ह्वावे बङ्गलादेश र नेपाल प्रतिनिधि अफिसका लागि कम्पनीका बोर्ड डाइरेक्टर जेसन लीले व्यक्त गरेको मन्तव्मा आधारित)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३