close

ट्वीटरमा पोडकास्ट फिचर, यसरी गर्नुहोस् प्रयोग 

टेकपाना टेकपाना

भदौ ११, २०७९ ८:२३

ट्वीटरमा पोडकास्ट फिचर, यसरी गर्नुहोस् प्रयोग 

काठमाडौं । ट्वीटरले औपचारिक रुपमा आफ्नो प्लेटफर्ममा पोडकास्ट सेवा सुरु गरेको छ । 

एक ब्लग पाेस्ट लेख्दै कम्पनीले बिहीबारदेखि पोडकास्टको‌ औपचारिक सुरुवात भएको जानकारी गराएको छ ।

योसँगै अब ट्वीटर प्रयोगकर्ताले ‘ट्वीटर स्पेस’ मा आफ्नो छुट्टै पोडकास्ट सार्वजनिक गर्न सक्नेछन् । स्पेस ट्याब अन्तर्गत थप गरिएको पोडकास्ट विश्वभरका प्रयोगकर्ताले आईओएस र एन्ड्रोइड मार्फत प्रयोग गर्न सक्नेछन् । थप गरिएको पोडकास्ट फिचरलाई ‘स्टेसन्स’ नाम दिइएको छ । 

यसमा प्रयोगकर्ताले आफ्नो रुचिअनुसार समाचार, संगीत, खेलकुद लगायतका विभिन्न शीर्षकमा पोडकास्ट सुन्न सक्नेछन् ।

प्रयोगकर्ताले फलो गरेको प्रयोगकर्ताको सामग्री मात्र देख्न र सुन्न सक्नेछन् । यो सँगै प्रयोगकर्ताले आफूले सुन्न चाहेको लाइभ वा रेकर्ड गरिएको सामग्री मात्र सुन्न पनि सक्नेछन् । 

कम्पनीले गरेको एक अध्ययनमा अमेरिकामा ट्वीटरका ४५ प्रतिशत प्रयोगकर्ताले पोडकास्ट पनि सुन्ने गरेको पाइएकोले, आफ्ना प्रयोगकर्ताका लागि पोडकास्ट सेवा दिइएको ब्लगमा उल्लेख छ ।

कसरी प्रयोग गर्ने पोडकास्ट ? 

– ट्वीटरको स्पेस अप्सनमा जानुहोस् ।

– त्यहाँ उपलब्ध तीनवटा अप्सन मध्ये सबैभन्दा माथि नै स्टेशन नामको ट्याब देख्न सकिन्छ । उक्त ट्याबमा क्लिक गर्नुहोस् ।

– उपलब्ध विभिन्न शीर्षक मध्ये आफूलाई रुचि भएको शीर्षकमा क्लिक गर्नुहोस् र पोडकास्ट सुन्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३