close

नेपाली युवालाई सामसङले सीपमूलक तालिम दिने

टेकपाना टेकपाना

भदौ १३, २०७९ १६:५

नेपाली युवालाई सामसङले सीपमूलक तालिम दिने

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले युवालाई लक्षित गर्दै नेपालमा सीपमूलक तालिम दिने भएको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानसँगको साझेदारीमा सामसङले आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, कोडिङ एन्ड प्रोग्रामिङ, इन्टरनेट अफ थिङ्स (आईओटी) जस्ता विषयमा तालिम दिन लागेको हो ।

कम्पनीले आफ्नो विश्वव्यापी कोर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) योजना अन्तर्गत ‘सामसङ इनोभेसन क्याम्पस’को एक भागको रूपमा नेपालमा यो तालिम सञ्चालन गर्नेछ ।

सामसङ इलेक्ट्रोनिक्सका एसडब्ल्यूए क्षेत्रीय अध्यक्ष तथा सीईओ केन काङ र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थानका डीन प्राडा. शशिधर राम जोशीले साे तालिम कार्यक्रमका लागि समझदारीपत्रमा हस्ताक्षर गरे ।

साे अवसरमा सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको पनि उपस्थिति थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३