close

ब्याट्री उत्पादनमा होन्डा र एलजीको सहकार्य, फ्याक्ट्री निर्माणमा साढे ५ खर्ब लगानी गर्दै

टेकपाना टेकपाना

भदौ १४, २०७९ ११:३

ब्याट्री उत्पादनमा होन्डा र एलजीको सहकार्य, फ्याक्ट्री निर्माणमा साढे ५ खर्ब लगानी गर्दै

काठमाडौं । होन्डा र एलजी केमको संयुक्त लगानीमा विद्युतीय गाडीको ब्याट्री उत्पादनका लागि अमेरिकामा उद्योग सञ्चालनमा आउने भएको छ ।

कोरियन इलेक्ट्रोनिक्स ब्राण्ड एलजी अन्तर्गत केमिकलमा काम गर्दै आएको एलजी केम र चर्चित अटो कम्पनी होण्डाले संयुक्त रुपमा ४.४ बिलियन अमेरिकी डलर अर्थात करिब ५ खर्ब ६२ अर्ब रुपैयाँ लगानीमा फ्याक्ट्री सञ्चालनमा ल्याउने भएका हुन् ।

सन् २०२३ बाट फ्याक्ट्री निर्माण सुरु भएर सन् २०२५ बाट लिथियम-आयन ब्याट्रीको व्यवसायीक उत्पादन हुने जनाइएको छ । सन् २०३० मा होण्डको भात्री कम्पनी एक्युराले ३० ओटा हाइब्रिड कारका साथै इलेक्ट्रिक तथा पेट्रोलियम पदार्थमा आधारित गाडी बजारमा उपलब्ध गराउने योजना बनाएको छ ।

यस्तोमा होन्डाले एलजीसँग गरेको यो सहकार्य कम्पनीको सोही परियोजनालाई लक्षित हुन सक्ने आँकलन गरिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम वाल स्ट्रिट जर्नलका अनुसार उक्त फ्याक्ट्रीको वार्षिक उत्पादन क्षमता लगभग ४० गिगावाट हुनेछ ।

यो फ्याक्ट्री अमेरिकाको ओहायो सहरमा रहने जनाइएको छ । उक्त सहरमा यसअघि पनि एलजी केमले अर्को अटो निर्माता कम्पनी जनरल मोटर्ससँगको सहकार्यमा ब्याट्री उत्पादन फ्याक्ट्री निर्माणको काम अघि बढाइ सकेको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३