close

गहना जस्तै शरीरमा लगाउन मिल्ने एसी सार्वजनिक, जाडो-गर्मी दुवै मौसममा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

भदौ १६, २०७९ १४:२३

गहना जस्तै शरीरमा लगाउन मिल्ने एसी सार्वजनिक, जाडो-गर्मी दुवै मौसममा प्रयोग गर्न सकिने

काठमाडौं । एसी अर्थात् एयर कन्डिसनर भन्ने बित्तिकै अफिस, होटल अथवा घरमा चिसो बनाउनका लागि भित्तामा राखिएको ठूला बक्सहरु यादा आउँछन् होला ।

तर, ‘मेटवारा’ नामक कम्पनीले भने गहनाजस्तै लगाउन मिल्ने एसी तयार पारेकाे छ । कम्पनीले हालै ‘मेटवारा प्रो’ नामक एसी सार्वजनिक गरेको छ, जसलाई अन्य सामान्य गहना अथवा हेडफोन लगाएजस्तै लगाएर हिँड्न सकिन्छ ।

यो एसी हाल ‘इन्डिगो इनडिमान्ड’ क्याम्पेनमार्फ कम्पनीले उपलब्ध गराएको छ । जलवायु परिवर्तनका कारण बढ्दो गर्मी तथा जाडोलाई लक्षित गर्दै यो एसी उपलब्ध गराएको कम्पनीले जनाएकाे छ ।

यसअघि गएको मार्चमा कम्पनीले विभिन्न प्रडक्टसहित ‘किकस्टार’ नामक क्याम्पेन आयोजना गरेको थियो । क्याम्पेनमार्फत कम्पनीले दुई लाख ५६ हजार अमेरिकी डलर उठाउन सफल भएको थियो ।

सोही योजनाअन्तर्गत कम्पनीले यो एसी बजारमा उपलब्ध गराएको हो ।

यो एसीलाई प्रयोगकर्ताले घाँटीमा लगाएर हिँड्न सक्नेछन् । ‘फ्यान मोड’मा यसले माइनस ४ (-४) डिग्री सेल्सियससम्मको कुलिङ प्रदान गर्ने जनाइएको छ ।

‘कुलिङ मोडल’मा –१० डिग्री सेल्सियससम्म चिसो प्रदान गर्नेछ ।

त्यस्तै यसले ५५ डिग्री सेल्सियससम्म तापक्रम प्रदान गर्ने जनाइएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्समा आधारित यो एसीले प्रयोगकर्ताको शरीरको तापक्रम र मौसमका आधारमा आफैंले तापक्रम (टेम्प्रेचर) तय गर्ने जनाइएको छ ।

यो डिभाइस मोबाइलमा ब्लुटुथमार्फत कनेक्ट गरी स्मार्टफोनबाटै कन्ट्रोल गर्न सकिने जनाइएको छ । भने, यो निरन्तर ८ घण्टासम्म चल्ने कम्पनीको दाबी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३